काङ्ग्रेस महाधिवेशन : यी हुन् केन्द्रमा दाबी गर्ने विराटनगरका नेता

२१ मंसिर २०७८, मंगलवार १९:३० मा प्रकाशित

काठमाडौँ ।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा विराटनगरबाट केन्द्रीय नेतृत्वमा १० जना आकांक्षी देखिएका छन् । केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यमा विराटनगरका १० नेताहरूले दाबेदारी प्रस्तुत गरेका हुन् ।

१४औँ महाधिवेशनमा केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकाक्षी हुन् । संस्थापन इतरसमूहमा प्रभाव जमाएका कोइराला सभापतिमा उठ्ने बताइसकेका छन् । उनले टिकट पाउने सम्भावना बलियो छ ।

कोइराला परिवारबाट केन्द्रीय सदस्य सुजाता कोइराला पनि सभापतिका दावेदार छिन् । तर उनले सहमति गर्दा आफू पछि हट्ने बताइसकेकी छन् ।

विराटनगरकै बासिन्दा विजयकुमार गच्छदार र महेश आचार्यले उपसभापतिको दाबेदार छन् । हालका उपसभापति गच्छदार सभापति देउवाको समूहमा छन् । केन्द्रीय सदस्य आचार्य डाक्टर कोइरालाको टिममा छन् । आचार्यले पार्टीभित्र वैचारिक बहसका लागि आफू उठ्ने बताइसकेका छन् ।

रक्षामन्त्री मिनेन्द्र रिजाल पनि पदाधिकारीको आकांक्षी छन् । उनले महामन्त्रीमा दाबी गरिरहेका छन् । महिला नेतृ डिला सङ्ग्रौलाले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । रिजाल संस्थापनइतर समूहमा छन् । सङ्ग्रौला देउवा समूहमा छिन् ।

केन्द्रीय सदस्य अमृत अर्यालले पनि पुनः केन्द्रीय सदस्यमा उठ्ने बताएका छन् । आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी पनि केन्द्रीय सदस्यको दाबेदार छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उम्मेदवारी घोषणा गरिसकेका छन् । तीनै जना संस्थापन समूहमा छन् । डाक्टर शेखरको प्यानलमा रहेर विराटनगरको मेयरमा जितेका पराजुली पछिल्लो समय कृष्णप्रसाद सिटौलाको टिमबाट केन्द्रीय सदस्यमा उठ्न तयारी गरेका हुन् ।

कोइराला टिमबाट विराटनगरकै नेता केदार कार्की पनि केन्द्रीय सदस्यको दाबेदार छन् । सुनसरीका नेता राजीव कोइरालालाई अघि सार्नुपर्ने भएकाले कार्कीले टिकट पाउने सम्भावना कम छ ।

काङ्ग्रेसको १४औँ महाधिवेशन मङ्सिर २५ बाट सुरू हुँदै छ । उम्मेदवारी घोषणा गरेका नेताहरू निर्वाचनको तयारीका लागि काठमाडौँ पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार