इच्छाराजको ठगीमा नायिकादेखि ओलीसम्मको मस्ती

२१ मंसिर २०७८, मंगलवार २०:२२ मा प्रकाशित

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले उनीमाथि करिब ६ अर्बको मुद्दा समेत दायर गरिसकेको छ ।

दुई महिना लामो अनुसन्धानमा तामाङले अरबौं रकम लुकाएको तथा नेता र नायिकालाई बाँडेको भेटिएको छ । सिभिल सहकारीबाट करिब आठ अर्ब ऋण लिएर उनले हाउजिङमा लगानी गरेका थिए । करिब २० प्रतिशत नाफामा ती हाउजीङ बिक्रि गरे । त्यसरी नाफा कमाउँदा पनि सहकारीको ऋण भने तिरेनन्, कमाएको पैसा पनि लुकाए । जसले गर्दा उनको नियत नै ठगी रहेको देखिन्छ ।

यसरी ढुक्कसँग ठग्न सफल हुनुका पछाडी एमाले अध्यक्ष केपी शर्मा ओलीको उनलाई आशीर्वाद थियो । त्यसरी कमाएको पैसाकै आडमा उनी एमालेको सांसद समेत भएका थिए । ओलीलगायत एमाले नेताहरुलाई आर्थिक सहयोग गरेकाले उनीविरुद्ध चार वर्षअघिदेखि नै उजुरी परेपनि छानबिन हुनसकेको थिएन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि ओलीकै कारण थप छानबिन नगरेको स्रोत बताउँछ । ओलीले साथ नदिएको भए तामाङले यसरी ठगी गर्ने आँट नगर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

 

२०७४ सालदेखि नै सो सहकारीले सर्वसाधरणको निक्षेप फिर्ता दिन सकेको छैन । त्यतिबेला राजनीतिक संरक्षण नभएको भए तत्कालै पीडितहरुले पैसा पाउने अवस्था हुन्थ्यो । तर, ओली प्रधानमन्त्री बनेपछि तामाङमाथि सहकारी विभाग तथा प्रहरीले कारबाही गर्न सकेन । जसकारण १५ सय भन्दा धेरै पीडितको बिचल्ली भएको हो ।

यसरी ठगेको रकम नायिका तथा मोडलहरुलाई खर्च गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ । ‘एउटा मोडललाई ५० लाखसम्म उनले दिएको देखियो,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्,‘घर बेचेको कतिपय रकम नेताहरुलाई दिएको, केही नेताहरुलाई घर नै दिएको समेत पाइएको छ ।’ बैंक खाताबाटै नायिका तथा मोडलहरुको नाममा पैसा गएकाले छानबिनबाट त्यो खुलेको हो ।

पक्राउ परेपछि पनि उन्मुक्तिका लागि उनले चलखेल गरिरहेका छन् । सरकारी वकिल कार्यालयमार्फत उनले आफुलाई फाइदा हुने गरी मुद्दामा चलखेल गरेको स्रोत बताउँछ । चलखेलकै आधारमा उनका कतिपय घर जग्गा रोक्का पनि भएका छैनन् ।

तामाङले कतिसम्म फट्याइँ गरेका थिए भने आफूले चढ्ने गाडीको भुक्तानीसमेत सहकारीमार्फत गराएका थिए । बा ११ च ३७७७ नम्बरको ल्याण्डक्रुजर जीप हाल सिआइबीले जफत गरेको छ । उनले श्रीमती र छोरीको नाममा राखेको सम्पत्ति पनि रोक्का भइसकेको छ । दुई छोरीको नाममा रहेको कीर्तिपुरको जग्गा रोक्का राखिएको स्रोत बताउँछ । उनको श्रीमती राधिका र दुई छोरीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर भइसकेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार