अष्ट्रेलिया निवाशी शेष घलेले काठमाडौंमा पाँच तारे होटल खोल्ने

२७ आश्विन २०६९, शनिबार ०४:४५ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली धनाड्य शेष घलेले काठमाडौंमा सुविधा सम्पन्न ५ तारे होटल बनाउने भएका छन् । गैरआवासीय नेपाली दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा घलेले झन्डै ७ अर्ब रुपैयाँको लगानीमा करिब ५ वर्षभित्र निर्माणकार्य पूरा गरी सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । ‘हामीले ७ करोड ५० लाखदेखि ८ करोड अस्ट्रेलियन डलर लगानी गरेर ५ तारे होटल बनाउने भएको छौं,’ एमआईटी ग्रुप होल्डिङस नेपालका अध्यक्ष शेष घलेले भने, ‘यसको व्यवस्थापन सम्झौता केही समयमा हुन्छ ।’ होटल सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल सञ्जालसँग छलफल भइरहेको बताए । नारायणहिटी दरबार संग्रहालयको छेउमा एक वर्षभित्र निर्माणको काम सुरु हुने जानकारी दिँदै उनले होटलको नामचाहिँ केही समयमा तय गरिने बताए । ‘सन् २०१७ होटल सञ्चालन गर्ने योजना छ,’ उनले भने । अस्ट्रेलियाबाट प्रत्यक्ष वैदेशिक लगानीमा आउने रकम यस आयोजनामा खर्चिने उनले बताए । लमजुङ निवासी घले अस्ट्रेलियाको धनी सूचीमा १ सय ६६ औं स्थानमा पर्छन् । उनी २५ करोड ५० लाख अस्ट्रेलियन डलरका मालिक हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको