साझा उम्मेदवारको लागि त्याग गर्न तयार छु : पौडेल

२१ मंसिर २०७८, मंगलवार १७:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज (मंगलबार) नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसको आफूपक्षीय बैठकमा साझा उम्मेदवारी बनाउन आफू त्याग गर्ने बताएका हुन् ।

उनले सभापति देउवाविरुद्ध लड्न साझा उम्मेदवारको विकल्पन नरहेको पनि बताए । नेता पौडेलले बैठकमा भनेको कुरालाई उदृधत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने भने, ‘देउवाविरुद्ध लड्न साझा उम्मेदवारको विकल्प छैन, तपाईंहरु मिल्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु, हैन भने मलाई नै सघाउनुहोस् ।’

कांग्रेको संस्थापन इतर पक्षका नेताहरु जसरी भएपनि आमागी महाधिवेशनमा साझा उम्मेदवार बनाउन लागिपरेका छन् । अहिले चाक्सीबारीमा सभापतिका चार आंकक्षी नेताहरुबीच छलफल भइरहेको छ ।

जारी बैठकमा १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शेखर कोइराला, नेता सिंह र शेखर कोइरालासहित नेताहरु सहभागी छन् । तर निष्कर्षमा पुग्न बाँकी रहेको छ ।

नेताहरुलाई दबाब दिन सिंह निवास बाहिर युवाहरुले ‘साझा उम्मेदवारको विकल्प छैन’, ‘एकता मात्रै जितको आधार हो’ भदै प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।

यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा सभापतिका ४ आकांक्षीबीच छलफल भएको थियो ।

सोमबारको बैठकमा साझा उम्मेदवार तय गर्नका लागि छलफल जारी राख्ने सहमति भएको थियो । सोमबारको सहमतिअनुसार इतर समूहका नेताहरु मंगलबार पनि छलफलमा जुटेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार