कांग्रेस महाधिवेशन : तनहुँबाट हेभिवेट नेताको कुन–कुन पदमा दाबी ?

२१ मंसिर २०७८, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्ने छ ।

२४ मंसिर शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेदवारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन् । तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक समूहमा छन् ।

तनहुँबाट प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेलले सभापतिमा दाबी गरिरहेका छन् । यसका लागि आफ्नो समूहमा सहमति जुटाउने प्रयासमा छन् ।
प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन् ।

केन्द्रीय कार्यसमिति सदस्यमा ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल, प्रकाश पन्थ, डोबाटे विक, दिपक भट्टराई, आनन्द त्रिपाठी, रेशम गुरुङ र चिनु पोख्रेल आकांक्षीका रूपमा देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार