स्पर्श -काजी रोशन

२७ आश्विन २०६९, शनिबार ०४:१७ मा प्रकाशित

फूलहरूको सौर्न्दर्यभित्र
असङ्ख्य भ्रमर
बलिदान भैरहेछन् ।
जूनसँगको मीठो चुम्बन खातिर
सहस्र ताराहरू
पासो लगाई झुन्डिरहेछन् ।

लाग्छ यो बलिदानभित्र
जमिन सिंचन भएर
मधुर प्रेमको दीप बलिरहेछ
तिमी पनि आऊ
संयुक्त फूल चढाऔँ
तिमी आरती देऊ
त्यसको स्पर्श गरुँला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति