‘एटीएम’लाई अर्को झड्का

२७ आश्विन २०६९, शनिबार ०४:१० मा प्रकाशित

काठमाडौं । अपाच्य दृश्य र शब्दसहित युट्युबमा राखिएको दृश्य हटाउन बाध्य भएको चलचित्र ‘एटीएम’ सेन्सर बोर्डमा पुग्दा झण्डै आधा दृश्य काटिएपछि पुनः छायांकन गर्नुपर्ने बाध्य बनेको छ । शुरुदेखि नै विवादित यो सिनेमालाई सेन्सरको निर्णयले अर्को झड्का लागकोको छ । त्यहीभएर सुटुक्क सिनेमाको पुनः छायांकन भईरहेको छ, यतिबेला ।

यादव सिलवाल निर्देशित सिनेमाले अश्लील दृश्य र शब्द प्रयोग गरेको भन्दै शुरुमै आलोचना खेप्नुपरेको थियो । चलचित्र छायांकनकै समयमा किस सिनका लागि तीन नायिकाबीच झगडा समेत भएको थियो । जिया केसी, सविना कार्की र सोनिया शर्माले सिनेमामा अभिनय गरेका छन् । जिया र सविनाबीच बोलचाल समेत थिएन, किस सिनकै कारण ।

कात्तिक १७ लाई रिलिज मिति सार्वजनिक गरेपनि सिनेमा छायांकनमै व्यस्त छ । सेक्स विषयमा चलचित्र बन्ने क्रम बढेसँगै उत्तेजित बोली र दृश्य राख्ने होड समेत चल्न थालको छ । जसप्रति सेन्सर बोर्डको कैंची धारिलो बन्दा ‘एटीएम’ को मस्ती गर्ने दाउ दाउमै परेको छ ।
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा