मेरो बिबाह सफल दाम्पत्य जीवनको लागि भएन: मनिषा कोइराला

२७ आश्विन २०६९, शनिबार ०४:०८ मा प्रकाशित

एजेन्सी ।  एउटा कलाकारलाई चर्चामा रहिरहनुपर्ने वाध्यता हुन्छ। ऊ चर्चामा रहनु भनेकै उसको सफलताको यात्रा हो। भनिन्छ नि ‘सबैले बलेको आगो मात्र ताप्छन्’ तर २१औं शताब्दीमा सफलताको परिभाषा परिवर्तन भइसकेको छ। अहिले केवल राम्रो काम गरेर चर्चामा आउनु मात्र सफलता होइन, बद्नाम भएर, सम्बन्ध टुटेर पनि चर्चामा आइराख्ने कलाकार थुप्रै छन्। बलिउडका राखी सावन्त, विना मल्लिक, मल्लिका सेरावत लगायतका केही कलाकार छन् जो ‘नाम होस् या बदनाम’ तर चर्चामा भने आइराख्नुपर्ने।
एक जमानामा बलिउडबाट थुप्रै माया, सफलता, चर्चा पाएकी नायिका हुन् मनिषा कोइराला। ‘बम्बे’, ‘दिल से’ ‘खामोसी’, ‘मन’ लगायतका फिल्महरुबाट बलिउडमा निकै चर्चा पाएकी मनिषाको करिअर विस्तारै ओरालो लाग्दै गयो। उनको चर्चामा पनि कमी आउन थाल्यो तब उनी नेपाल आइन्। नेपालकै छोरी बलिउडमा त्यतिको सफलता पाएको, नेपाली फिल्ममा काम गर्न उनलाई कुनै कठिनाई भएन। तर उनको भाग्य, सोचे जस्तो भएन। उनले अभिनय गरेकी नेपाली फिल्म ‘धर्मा’ले उनको करिअरमा कुनै प्रभाव पार्न सकेन। उनको अभिनयको चर्चा सेलाउन खोज्दै थियो। मनिषा फेरि चर्चाको विषय बनिन्। यसपटक उनी चर्चामा आइन् उनकेा विहेको कारण। बलिउडमा आफ्नो आधा जीवन बिताएकी मनिषाले नेपालका सम्राट दाहालसँग विहे गरिन्। विहेको केही महिना चर्चामा रहिन् मनिषा। तर केही समयपछि फेरि छायाँमा परिन् उनी। तर मनिषा फेरि मिडियामा छाइन् जब खबर बाहिर आयो कि सम्राटसँग उनको सम्बन्ध विच्छेद भयो भनेर।
विभिन्न भारतीय संचार माध्यमहरुले मनिषाको वैवाहिक सम्बन्ध टुटेको समाचार जोडतोडका साथ बजाए। मनिषाले पनि सो समाचार झूठो भएको स्पष्टिकरण कहिंकतै दिइनन् बरु सो समाचारलाई सत्य सावित गर्न बल पुर्‍याउँदै उनी मुम्बई बस्न पुगिन्। तर यस विषयमा मनिषाले जे जति बताए पनि सम्राट र उनका परिवारले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
अहिले मनिषा मुम्बईमा बस्न थालेकी छिन्। आफ्नो बुबाआमा परिवारसँग। आफ्नो जीवनको नयाँ सुरुवात भएको उनले बताएकीछिन्। मनिषाले भर्खरै राम गोपाल बर्माको ‘भूत रिटर्नस्’ को काम सकेकी छिन्। आफ्नो जीवनको नयाँ सुरुवातको रुपमा उनले ‘भूत रिटर्नस्’लाई लिएकी छिन्। आफूसँग अहिले थुप्रै अफरहरु आएका र त्यसबाटै सर्वाेत्कृष्ट अफर स्वीकार गर्नमा व्यस्त रहेको उनले एजेन्सीलाई बताइन्।
मनिषाले अब अभिनयलाई भन्दा पनि निर्माण र निर्देशनलाई प्राथमिकता दिने भएकी छिन्। आफ्नो प्रोडक्शन हाउस एम के मुभिङ्ग इमेजेजलाई सकृय बनाउने सोच राखेकी छिन्। राम गोपाल बर्माले जसरी काम संचालन गरेका छन् त्यसरी नै आफ्नो प्रोडक्शन हाउस संचालन गर्ने इच्छा व्यक्त गरिन्। तर त्यसको लागि पहिले आफू एक कुशल निर्माता बन्ने दक्षता विकास गर्ने उनले एजेन्सीलाई बताइन्। ‘भूत रिटर्नस्’ पछि फेरि राम गोपाल सँगै अर्काे प्रोजेक्टको बारेमा छलफल भइराखेको पनि उनले बताएकी मनिषालाई उदृढ गर्दै एजेन्सीले जनायो।
हाल आफ्नो जीवनमा निकै परिवर्तन आएको मनिषाले बताइन्। आफूले नाइट पार्टीहरु सबै छोडेको उनले बताइन्। त्यो भन्दा बरु आफ्नो परिवारसँग समय बिताउने गरेको मनिषा बताउँछिन्। श्रीमान् सम्राटका बारेमा भने उनले खासै केही बताउन चाहिनन्। अहिलेको लागि सम्राट र आफू छुट्टिएको र वैवाहिक जीवन असफल हुनुमा सम्राट या उनको परिवारलाई दोष नदिने उनले बताइन्। केही सफल दाम्पत्य जीवनको लागि हुँदैनन् र त्यसमा आफू परेको उनले स्वीकारिन्। हाल मुम्बई बसे पनि वर्षमा केही समय नेपालमै बिताउने पनि उनले बताइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान