बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा

२१ मंसिर २०७८, मंगलवार ०८:१३ मा प्रकाशित

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएकाे अ‌ाराेप लगाउँदै चीनले हिउँदे अ‌ाेलम्पिकलाई बहिस्कारकाे घाेषणा गरेकाे हाे । तर, अमेरिकी खेलाडी भने साे प्रतियोगितामा सहभागी हुने सरकारले जनाएकाे छ ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रौतहट । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको

न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ ।

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १ बजे बस्ने गरी केन्द्रीय

काठमाडौं । चीनले भारतलाई अरुणाचल प्रदेशका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल