बढ्न थाल्यो बैंकहरूमा निक्षेप

२० मंसिर २०७८, सोमबार १८:१९ मा प्रकाशित

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ ।

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४/१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् ।

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ ।

काठमाडौँ ।चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना सकिदा साढे १३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । पुस मसान्तसम्म

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।