अशोक राईको गृह जिल्लामा विभिन्न पार्टीका १८ सय कार्यकर्ता एमाले प्रवेश

२७ आश्विन २०६९, शनिबार ००:२३ मा प्रकाशित

खोटांग, २७ असोज । एमालेले जातीय पहिचान सहितको संघियता अस्विकार गरेको कारण देखाउदै पार्टी परित्याग गरेका अशोक राईको गृह जिल्लामा विभिन्न पार्टी परित्याग गरि १८०९ कार्यकर्ता एमाले प्रवेश गरेका छन् । शुक्रबार दिक्तेलमा आयोजित पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रममा एमाओवादी, कांग्रेस, राप्रपा नेपाल र नेकपा एकीकृतका जिल्ला नेताहरुसहित कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्ने हरुमा तत्कालिन मालेका जिल्ला उपसचिव गृहबहादुर राईसहित चार जना जिल्ला सदस्य, एकीकृत माओवादीका जिल्ला सदस्य गोपाल आचार्यसहित पाँच जना, राप्रपा नेपालका जिल्ला सदस्य गंगा श्रेष्ठ र तीन गाविसका कांग्रेस गाउँ सचिवसहित १८ सय ९ कार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, धर्मनाथ शाह, थममाया थापामगर, जगनाथ खतिवडालगायतका एमाले नेताहरु खोटांग आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१