पौडेल पक्षका सभापतिका आकांक्षीहरु छलफलमा जुटे, साझा उम्मेद्वारमा जुट्ला त सहमति ?

२० मंसिर २०७८, सोमबार १८:०९ मा प्रकाशित

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताउनुभयो ।

बैठकमा पौडेलसहित सभापतिका आकांक्षीहरु महामन्त्री डा. शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सहभागी छन् । महाधिवेशनमा सर्वसम्मत उम्मेदवार उठाउने पौडेल समूहले बताउँदै आएको छ तर सभापतिका आकांक्षीले आफ्नो नाममा सहमति हुनुपर्ने दावी गर्दै आएका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौँमा हुँदैछ ।

संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार