टि–२० को नयाँ वरीयतामा नेपालको स्थान यथावत

२० मंसिर २०७८, सोमबार १८:०५ मा प्रकाशित

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८७ रेटिङ प्वाइन्टका साथ १२औं स्थानमा यथावत रहेको हो । २७५ रेटिङ प्वाइन्टका साथ इंग्ल्यान्ड शीर्ष स्थानमा कायम रहँदा दोस्रो स्थानको भारतले २६७ रेटिङ प्वइन्ट प्राप्त गरेको छ ।

पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश क्रमशः तेस्रो देखि १०औं स्थानमा छन् । एकदिवसीयतर्फ नेपाल ३० रेटिङ प्वाइन्टका साथ १६औं स्थानमा रहँदा १२१ रेटिङ प्वाइन्ट प्राप्त गरेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।आगामी फिफा क्यालेन्डरमा मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । मोरिससविरुद्धको

काठमाडौं। सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी

काठमाडौं।युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोल प्रेरित न्युरोड टिम एनआरटीले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् । जनवरी