कोभिडको प्रोटोकल पालना गरौं, तत्काल लकडाउन हुँदैन-स्वास्थ्य मन्त्री विरोध खतिवडा

२० मंसिर २०७८, सोमबार १७:४१ मा प्रकाशित

काठमाडौं । सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि नेपालमा लकडाउन हुने/नहुने चर्चा चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो बताएको हो।

स्वास्थ्य मन्त्रालयले लकडाउनबारे कुनै छलफल नभएको बताएको छ। यद्यपि भौतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले लकडाउनबारे औपचारिक-अनपौचारिक कुनै छलफल नगरेको बताए। ‘अहिले तत्काल लकडाउन हुँदैन। त्रास पार्ने काम गर्नु हुँदैन। कोभिड-१९ को प्रोटोकल पालना गरौं। यस विषयमा सरकार सचेत छ,’ उनले भने।

उनले सरकारको ध्यान खोप अभियानमै केन्द्रीत रहेको बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार