विदेशमा रहने नेपालीको देश फर्किने बित्तिकै मतदाता नामावली दर्ता

२६ आश्विन २०६९, शुक्रबार २१:१७ मा प्रकाशित

२६ असोज । विदेशमा रहेर फोटोसहितको मतदाता नामावली दर्ता भएन भन्ने चिन्ता मानेका नेपालीले देश छिर्नेबित्तिकै मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने भएका छन् । त्यसका लागि भारतबाट रोजगारी गरी फर्केर आउने नेपालीलाई सहायता दिन सीमा नाका बेलहियामा प्रहरी र गैरसरकारी संस्थाले छुट्टाछुट्टै हेल्प डेक्स स्थापना गरेका छन् । गैरसरकारी संस्थाद्वारा स्थापना गरिएको हेल्प डेक्सले विदेशबाट आउने नेपालीलाई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सुसूचित गराउने छ भने प्रहरीद्वारा स्थापना गरिएको हेल्प डेक्सले सीमामा सहजरूपमा आउने वातावरण सिर्जना गर्ने छ ।
तराई दलित सरोकार केन्द्र रूपन्देहीले रोजगारी गरी भारतलगायत सीमानाका बेलहिया हुँदै प्रवासबाट आउने नेपालीहरूलाई लक्षित गरी फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सल्लाह र जनचेतना फैलाउने उद्देश्यले सीमानाका बेलहियामा हेल्प डेक्स स्थापन गरेको छ ।
चाडपर्वको समयमा भारतका विभिन्न ठाउँबाट स्वदेश फर्कने नेपालीहरूलाई मध्यनजर गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न जानकारी दिन आजदेखि सीमानाकामा हेल्प डेक्स स्थापना गरिएको हो । उसले यस्ता हेल्प डेक्सहरू आवश्यकताअनुसार अन्य सीमानाकाहरूमा समेत स्थापना गर्ने जनाइएको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन जानकारी दिने उद्देश्यले रूपन्देहीको सीमानाका बेलहिया र कक्रहवामा मतदाता शिक्षाका लागि हेल्प डेक्स स्थापना गरेको केन्द्रले जनाएको छ ।
दसैं विदाको दस दिनबाहेक चार महिनासम्म मतदाता नामावलीका लागि सार्वजनिक सचेतना र मतदाता शिक्षा परियोजनाअन्तर्गत हेल्प डेक्स स्थापना गरेको केन्द्रका अध्यक्ष बुद्धिराम हरिजनले जानकारी दिए । दलित गैरसरकारी महासंघको सहयोगमा रूपन्देहीका १० गाविस पजरकट्टी, बगाहा, लुम्बिनी आदर्श, सूर्यपुरा, विष्णुपुरा, खुदाबगर, हर्नैया, मधुवनी, कम्हरियामा पनि मतदाता शिक्षा कार्यक्रम सुरु भएको अध्यक्ष हरिजनले जनाए ।
प्रवासबाट आउने नेपालीहरूसमेत फोटो सहितको मतदाता नामावलीबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले हेल्प डेक्स स्थापना गरिएको हो । सो अवसरमा उनीहरूले नागरिकता नबनाएकालाई नागरिकता बनाउन सरसल्लाह दिने र आआफ्ना जिल्लाहरूमा गएर फोटोसहितको नामावलीमा नाम दर्ता गर्न लगाइने छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पनि प्रवासबाट आउने नेपाली अनावश्यकरूपमा झन्झट बेहोर्न नपरोस् भन्ने हेतुले यसअघि नै बेलहियामा प्रहरी सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा गुनासो गर्न आउनेहरूको समस्याबारे तत्काल सुनुवाई हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार