सहमतिको एजेण्डा नल्याएका कारण राष्ट्रिय राजनीतिमा सहमति हुन नसकेका मन्त्री रायमाझी

२६ आश्विन २०६९, शुक्रबार २१:१३ मा प्रकाशित

रुपन्देही २६ असोज । शान्ति तथा भूमिसुधार मन्त्री टोपबहादुर रायमाझीले विपक्षि दलहरुले सहमतिको एजेण्डा नल्याएका कारण राष्ट्रिय राजनीतिमा सहमति हुन नसकेको बताउनु भएको छ ।
उहाँले सरकारको तर्फबाट सहमति नरोकिएको दावी गर्दै सरकारको तर्फबाट प्रस्तुत गरेको एजेण्डामा विपक्षिदलहरु नआएको र आफूहरुले पनि एजेण्डा नदिएकाले सहमति हुन नसकेको बताउनु भएको हो । शुक्रबार बुटवल १३ देबिनगर स्थित प्रगतिनगर सुकुम्बासी बस्तीका जनतालाई भेटघाट गर्दै मुलुक भरीका सुकुम्बासी उन्मुलन, गरिवी निवाहरण तथा रोजगारीको सिर्जना गर्न सके मात्र समृद्ध मुलुक निर्माण गर्न सकिने पनि बताउनु भयो । आफूले सुकुम्बासीलाई लालपट्टा दिन कोसिस गरेको बताउँदै दलीय कुराहरु मिलेमा चाँडै लालपट्टा वितरण गर्ने पनि जानकारी दिनु भयो ।

मुलुकमा गरिवी, वेरोजगारी र सुकुम्बासी समस्या मध्य सुकुम्बासी समस्या तट्कारो रहेकाले सुकुम्बासीलाई लालपट्टा दिने कुरामा आफू कन्भीन्स भएको बताउँदै लालपूर्जा वितराणका लागि आफूले सक्दो कोसिस गर्ने बताउनु भयो । “ग्यारेन्टी त भन्न सक्दिन ।” उहाँले भन्नु भयो–“सुकुम्बासीलाई लालपट्टा दिन कोसिस गर्छु ।”

यथोचित स्थानमा बसेकालाई सोही स्थानमा लालपूर्जा वितरण गर्ने र अनुपयुक्त स्थानमा बसेकालाई पूनःबासको व्यवस्था सरकारले मिलाउने बताउनु भयो । “तिनाउ नदि किनारका सुकुम्बासीलाई हटाउनु पर्छ जस्तो मलाई लाग्दैन ।” उहाँले भन्नुभयो–“यसलाई कसरी व्यबस्थित बनाउने भन्ने मात्र हो ।”तिनाउ कोरिडोरमा नदि व्यबस्थित गरी औद्योगिक कोरिडोरका रुपमा बिकास गर्न सक्ने हो भने औद्योगिक बिकास पनि हुने र वेरोजगारलाई रोजगारीको पनि सिर्जना हुने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार