राजनीतिक गतिरोधको निकास चाँडै आउँछ: सिटौला

२६ आश्विन २०६९, शुक्रबार २१:११ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ असोज । कांग्रेस महामन्त्री गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बर्तमान राजनीतिक गतिरोधको निकास र निर्णय अव छोटै समयमा हुने दावी गर्नुभएको छ । उहाँले सहमति भए तत्कालै र सहमति हुन नसके पनि कात्तिक अंगाडी नै राजनीतिक निकास आउने उहाँको दावी छ ।

“राजनीतिक निकासका लागि राष्ट्रपतिले पनि धेरै प्रयास गर्नुभएको छ ।” नेपाली कांग्रेस क्षेत्र नं. १ रुपन्देहीमा आयोजना गरिएको क्षेत्रीय कार्यकर्ता प्रशिक्षणलाई शक्रबार रुपन्देहीको मक्रहरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो–“उहाँ अभिभावकको नाताले पनि त्यो काम गर्नु स्वभाविक हो ।” राष्ट्रपतिले राजनीतिक गतिरोधको चुप्प लागेर नहेर्ने उल्लेख गर्दै राष्ट्रपतिको काँधमा अत्यन्तै ठूलो जिम्वेवारी आएको पनि उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारमा नेतृत्व गरेका एकिकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलले विपक्षि दललाई सहमति हुँदाको दिनमा सरकार छोड्छु भन्ने र सहमति गर्दै नगर्ने गरेको आरोप लगाउँदै प्रश्न गर्नुभयो–“कति वर्ष सम्म सरकारमा रहने हो ?”

एमाओवादीका नेताहरुलाई ठूलो शहरमा हराएको बालकको शंज्ञा दिंदै संविधान सभा विघटन गरी नयाँ संबिधान सभाको निर्वाचन घोषणा गरी देश दौडाहामा हिंडेका प्रधानमन्त्रीले माओवादीको पक्षमा जनमत नदेखेका कारण संबिधान सभा व्यूताउने प्रस्ताव ल्याएको दावी पनि गर्नुभयो । माओवादी सत्ता प्रति लिप्त भएको कुरा संबिधान सभा त्यागेर सरकार अंगालेको कुराले पुष्टि गरेको बताउनु भयो ।

नेपाली कांग्रेस सहमतिको विरुद्धमा नभएको बताउँदै उहाँले गत जेठ २ गते भएको सहमति अनुसार राज्यको पुनसंरचना गरि संबिधान जारी गर्ने कुरामा सहमति हुन्छ भने संबिधान जारी गर्नकै लागि मात्र संबिधान सभा पुनःस्थापना गर्न सकिने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको उहाँदले जानकारी गराउनु भयो ।

२ दिने प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वालकृष्ण खाँणले माओवादी कुनै पनि हालतमा संबिधान बनाउने पक्षमा नरहेको दावी गर्नुभयो । उहाँले माओवादीले भनेजस्तै गरी अव संबिधान सभा पूनस्थापना गरेपनि त्यसले संबिधान जारी गर्न नसक्ने दावी गर्दै माओवादीले प्रस्ताव ल्यायो भन्दैमा कांग्रेस त्यसको पछाडी अल्झीन नहुने औंल्याउनु भयो । यदि दलहरुका बिचमा राष्ट्रिय सहमति भई संबिधानको मस्यौदा बनाएर सहमति कार्यान्वयन हुन सक्ने अवस्था आयो भने मात्रै संबिधान जारी गर्नकै लागि संबिधान सभा पूनःस्थापना गर्न सकिने उल्लेख गर्नुभयो । सरकार प्रति कांग्रेसको कुनै मोह नभएको उल्लेख गर्दै कांग्रेस नेता खाँणले कांग्रेसले सरकारको नेतृत्व पायो भने स्वर्गीय गिरीजाप्रसाद कोईरालाले अंगाडी सारेको शान्ति र संबिधानको कामलाई पूर्णता दिनका लागि सरकार आवश्यक रहेको औंल्याउनु भयो ।

त्यस्तै अर्का केन्द्रीय सदस्य धनराज गुरुङ्गले एकिकृत माओवादी अध्यक्ष पुक्ष्पकमल दाहाल प्रचण्डबाट पुष्पकमल दाहाल चटके बनेको बताउँदै चटकेको डमरुमा कत्ति पनि विश्वास गर्ने अवस्था नआएको बताउनु भयो । उहाँले कांग्रेसको नेतृत्वमा सरकारको प्रस्ताव ल्याएर संविधान सभा व्यूताउने खेल खेलेको बताउँदै थोत्रो प्रधानमन्त्री पदको लालचमा लागेर प्रधानमन्त्री पदसंग निर्वाचन नसाट्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो । माओवादीलाई चुनावमा जान डर लागेका कारण चुनाव नगरीकनै सरकारमा रहीहरन अनेक वहाना वाजी गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार