कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी शनिबार काठमाडौं आउँदै

२० मंसिर २०७८, सोमबार १५:२९ मा प्रकाशित

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

 

कांग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा उनी आउन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । कांगे्रस महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुँदैछ ।

बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो पठाएका थिए । बेनर्जीको सहभागिताले यस क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण हुने र पार्टीगत सम्बन्ध थप मजबुत हुने अपेक्षा देउवाले पत्रमा लिएका छन् ।

नेपाल आउनको लागि बेनर्जीले केन्द्र सरकारसँग अनुमतिसमेत मागेकी छिन् । ‘मुख्यमन्त्री बेनर्जीले डिसेम्बर १० मा काठमाडौं आउन औपचारिक पत्र प्राप्त गर्नुभएको छ’ तृणमूल कंग्रेसले भनेको छ ।

बेनर्जी गोवाबाट सीधै काठमाडौं आउने कार्यक्रम छ । गोवामा उनको दल तृणमूल कंग्रेसले राज्यसभाको चुनावमा भाग लिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

काठमाडौं । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।