पेरिसमा एशिया प्यासिफिक साँझ सम्पन्न

२६ आश्विन २०६९, शुक्रबार २१:०७ मा प्रकाशित

पेरिस । वर्षेनी मनाउंदै आएको एशिया एण्ड प्यासिफिक साँझ हिजो पेरिसमा रहेको युनेस्कोको मुख्यालयमा मनाइएको छ । युनेस्कोको भौगोलिक क्षेत्र विभाजन अन्तरगत एशिया तथा प्रशान्त क्षेत्रका ५२ वटा मुलुकहरु चौथो ग्रुपमा रहेका छन् । सो अवसरमा मुख्य अतिथिको रुपमा युनेस्कोका महानिर्देशक इरिना बोकोवा तथा विभिन्न देशका राजदूतहरु, युनेस्कोका उच्च अधिकृतहरु, फ्रेन्च गण्यमान्य व्यक्तिहरु लगायत अन्य बिशिष्ट पाहुनाहरुको उपस्थिति थियो । सो अवसरमा नेपालको तर्फबाट महामहिम राजदूत श्री मोहन कृष्ण श्रेष्ठ तथा श्रीमती सजना श्रेष्ठ, सहचारी भरत खनाल तथा परिवारका साथै राजदूतावासबाट निमन्त्रणा गरिएका पाहुनाहरुको पनि उपस्थिति थियो पाहुनाहरुलाई स्वागत गर्दै युनेस्कोका लागी अष्ट्रेलियाका राजदूतरस्थायी प्रतिनिधि गीता कामतले अस्प्याक सांझको बारेमा वर्णन गर्दै एशिया प्यासिफिक क्षेत्र बिभिन्न कला, संस्कृति, धर्म तथा जनजातीको बसोबास भएको मुलुकहरुको ईलाका भएको तथा प्राकृतिक सौन्दर्य लगायत मानवीय श्रोत साधनको अपार भण्डार भएको बताउनु भयो । उहाँले यस सांझले एशिया प्रशान्त क्षेत्र तथा विश्वको अन्य भागहरु बीच समझदारी तथा सहयोगको भावना बृद्धि गर्नमा मद्दत पुग्ने आफ्नो विश्वास पनि प्रकट गर्नुभएको थियो ।प्रमुख अतिथि बोकोवाले प्रत्येक वर्ष जस्तै मनाउंदै आएको एशिया प्यासिफिक सांझमा सदा झै भाग लिन पाउंदा आफूलाई धेरै खुशी लागेको तथा यस क्षेत्रमा युनेस्कोले धेरै आर्थिक सामाजिक कार्यक्रमहरु कार्यान्वयन गरी सफलता प्राप्त गरिरहेको छ भनी आफ्नो उद्गार पोख्नु भयो । युनेस्कोको सामु हाल आर्थिक श्रोत साधनको कमीको चुनौती आई रहेता पनि एजुकेसन फर्स्ट कार्यक्रम अन्तरगत स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूलमा पठन पाठन गराउने उद्देश्यलाई उच्च प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन हुंदै आएको कुरा पनि भन्नुभयो । वहांले एशिया प्रशान्त क्षेत्र धेरै नै बिबिधताहरुले भरिपूर्ण भै आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मार्न सक्षम भएकोले आउने दिनहरुमा यस क्षेत्रका जनताहरुको भविष्य उज्ज्वल देखेको छु भनी आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । सो अवसरमा प्रस्तुत गरिएका खानाहरु त्था सांस्कृतिक नृत्यहरुबाट प्रभावित हुनुभएका महानिर्देशक बोकोवाले युनेस्को तथा एशिया प्रशान्त क्षेत्रका मुलुकहरु बीच रहि आएको सम्बन्ध पारस्परिक सहयोगमा आधारित भै झन् मजबुत तथा घनिष्ठ भै आउने र सो कार्यका लागी आफू तल्लिन भै लाग्ने भनी दृढता पनि प्रकट गर्नु भएको थियो । नेपाल लगायत करिव २० वटा देशका स्थायी नियोगहरुले आआफ्नो खानाहरु राख्नुको अलावा केही मुलुकहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट अलिशा गुरुङले ‘गैरी खेतको शिरै हान्यो’ गीत प्रस्तुत गर्दा पाहुनाहरुले खचाखच भरिएको हलमा सबैले अत्यन्त चाख मानी हेरेका थिए । नेपाली खाना तथा नृत्यले आगन्तुक पाहुनाबाट प्रशंसा पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।