युरोपियन युनियनलाई नोबेल शान्ति पुरस्कार

२६ आश्विन २०६९, शुक्रबार २०:५९ मा प्रकाशित

ओस्लो, २६ असोज । युरोपियन युनियनलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ। युरोपको आर्थिक रुपान्तरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पाँच सदस्यीय नोबेल पुरस्कार कमिटीले इयुलाई सो पुरस्कार दिने निर्णय गरेको हो । आर्थिक मन्दीबाट गुज्रिरहँदा पनि २७ मुलुकलाई एकीकरण गर्दै एकल मुद्रा युरो प्रचलनमा ल्याएकोमा नोबेल पुरस्कार कमिटीले इयुको प्रशंसा गर्दै सो शान्ति पुरस्कार दिने निर्णय गरेको हो। दोस्रो विश्वयुद्धमा विभाजित युरोपलाई एकीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कार कमिटीले इयुको प्रशंसा गरेको छ । उसले इयुले ‘युरोप पुनःनिर्माण’को काम गरिरहेको भन्दै पुरस्कारका लागि छनौट गरिएको उल्लेख गरेको छ । विश्वको प्रतिष्ठित नोबल शान्ति पुरस्कार बापत इयुले १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछ। डिसेम्बर १० मा आयोजना गरिने विशेष समारोहमा सो रकम हस्तान्तरण गरिनेछ । २ सय ३१ प्रतिस्पर्धीबाट इयुलाई छनौट गरिएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

दोहा । अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त