राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

२० मंसिर २०७८, सोमबार १४:०२ मा प्रकाशित

न्युयाेर्क।राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले गाेली बाेकेकाे तस्विर उनले ट्विट गरेका थिए । केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थाेमस मासीले ट्विवटरमा साे फाेटाे पाेस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले साे तस्विर ट्विट गर्दै लेखेका थिए: मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ ।

बन्दुक अ‌ाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अ‌ाराेप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् ।

मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ ।

अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रूसले युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो

न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ ।