संविधानसभा ब्यूँताउने षडयन्त्र पुरा हुदैन: एमाले उपाध्यक्ष भण्डारीको

२६ आश्विन २०६९, शुक्रबार २०:२७ मा प्रकाशित

काठमाडौ, २६ असोज । एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीले संविधानसभालाई ब्यूँताएर मुलुकलाई पछि धकेल्ने माओबादीको षडयन्त्र सफल नहुने दावी गरेकी छिन ।  उपाध्यक्ष भण्डारीले निर्वाचन मात्र अहिले मुलुककोलागी एक मात्र विकल्प भएको दावी गर्दै भनिन मुलुकलाई फेरि पछाडी षडयन्त्रलाई परास्त पारेर मुलुकलाई अग्रगमन तिर बढाउनेमा एमालेको भूमिका हुन्छ । पुनःस्थापनाको नाममा मुलुकलाई पछाडी फकाउने काम हुन दिदैन । महादेबले जस्तो सति देबीको सिनो बोकेर हिडेर केही हुने वाला छैन ।  उनले संविधानसभाको पुनःस्थापनाकोलागी चलाईएको अभियानलाई पछिल्लो समयमा फैलिएको भाईरल ज्वरोसँग तुलना गर्दै नेतृ भण्डारीले संविधानसभा ब्यूताउने कुरा देशलाई अनिर्णयको बन्दी बनाउने, प्रजातान्त्रिक मुल्य र मान्यतामाथि कुठाराघात गर्ने चालको संज्ञा दिईन । माओवादी नेतृत्वलाई खलनायकको संज्ञा दिदै संविधानसभा जनता अल्मल्याउन ब्यूताउने कुरा ल्याएको दावी गरिन । उनले सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जानुनै अहिलेकोलागी सर्वोत्तम निकासको उपाय भएको भन्दै अब निर्वाचन गराउन लोकतान्त्रिक मुल्य मान्यता बोकेको नेताले सरकारको नेतृत्व लिनु पर्ने जिकिर गरिन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले तीहार अघिनै संविधानसभा पुनःस्थापना हुने दावी गरे । राष्ट्रपतिले दिएको समयावधी असोज मसान्तसम्म सहमतिको मार्ग चित्र तयार हुने दावीगर्दै तिहार अघिनै पुनःस्थापना सहमति बन्ने विश्वास ब्यक्त गरे ।
सरकारले अध्यादेश ल्याईरहने, राष्ट्रपतिले अस्विकार गरिरहने अनि दलहरुवीच सहमति पनि नबन्ने अवस्थाले कहि पनि नपुगिने भन्दै संविधानसभाको पुनःस्थापना नै अहिलेको निकासको कम जोखिम  पूर्ण सुत्र भएको बताए । उनले संविधानमा सहमति भएका विषयलाई समेटेर संविधानको खाँका बनाई सहमति नभएका विषयलाई अनुसुचिमा राखेर संविधानसभा पुनःस्थापना गरी संविधान जारी गरेर निर्वाचनमा जानुनै अहिले जनता र मुलुककोलागी हितकर हुने बताए ।
माओवादी सहमतिकोलागी सबै खाले लचकता अपनाउन तयार रहेको भन्दै १४, १०, ६ वा ११ जुन प्रदेशको संख्यामा सहमती बन्छ आफूहरु त्यसमा जान तयार रहेको समेत साक्षात्कारमा स्पष्ट पारे । उनले प्रधानमन्त्री सहमतिको सरकारकोलागी मार्ग प्रसस्त गर्न तयार रहेको भन्दै सहमति बन्नासाथ प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने स्पष्ट पारे ।  अदालतको अपमान हुने चिन्ताले सरकारले निर्वाचन घोषणा गरेका भन्दै अब राजनीतिक सहमति गरेर पुनःस्थापना गरे सर्वोच्च अदालतले पनि राजनीतिक निर्णयलाई काट्न नसक्ने ठोकुवा उनले गरे ।  नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनतालाई संविधान दिन संविधानसभाको पुनःस्थापना सबै भन्दा कम खर्चिलो र कम जोखिम यूक्त विकल्प भएको भन्दै संविधानसभा पुनःस्थापना गरी मुलुकलाई निकास दिनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार