राजनीतिक निकासको एक मात्र विकल्प संविधानसभा पुनःस्थापना भएको पूर्व सभासद्हरूको निष्कर्ष

२६ आश्विन २०६९, शुक्रबार ०१:५५ मा प्रकाशित

काठमाडौ, २६ असोज । बिहिबार राजधानीमा भेला भएका पूर्व सभासद्हरूले राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना एक मात्र विकल्प रहेको निष्कर्स निकालेका छन् । उनीहरूले संविधानसभा पुनःस्थापना गरि राजनीतिक निकास खोज्ने पाँचबुँदे प्रस्तावसमेत पारित गरेका छन् । प्रस्तावमा चुनावमा जान पनि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि संविधानसभा पुनःस्थापना गर्नु बाहेक अरू उपाय नभएको दावी गरिएको छ । छलफलमा सहभागी सबैजसो पूर्व सभासद्हरूले दलहरूले छिटोभन्दा छिटो संविधानसभा पुनःस्थापना गरि राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा प्याकेजमै सहमति गरेर निकास दिन सक्नुपर्ने बताएका छन् । नयाँ बानेश्वरमा भएको भेलामा पूर्वसभासद्हरू भीम आचार्य, गोपालमान श्रेष्ठ, जनार्दन शर्मा, कल्पना राणा, प्रेमबहादुर सिंहलगायत २० जना भन्दा बढीले संविधानसभा पुनःस्थापनाको पक्षमाजोड दिएका थिए । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने संविधानसभा पुनःस्थापनाको बिपक्षमा रहेका कारण अतिथिको रूपमासहभागी हुने भनिए पनि नेम्वाङ भेलामा सहभागी हुनु भएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले