दाहाल यूरोपियन राष्ट्रहरुको समर्थन जुटाउन बेल्जियमको साता लामो भ्रमणमा

२६ आश्विन २०६९, शुक्रबार ०१:४६ मा प्रकाशित

काठमाडौँ, २६ असोज । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालको मुख्य राजनीतिक दलहरुबीच संविधानसभा पुनःस्थापना गरी संविधानमा सहमत हुन सकिने विषय समेटेर संविधान जारी गर्ने रणनीतिले प्रमुख दल काँग्रेस एमाले र राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक ध्रुविकरण सुरु भएको छ । कांग्रेसका दुई प्रभावशाली नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुस्थापनाको पक्षमा सहमत देखिएकाले एमाओवादीको नयाँ रणनीति अनुरुपको नयाँ राजनीतिक ध्रुविकरण सुरु भएको हो । एमाओवादीले संविधानसभा विघटन भएपछि पुनःस्थापनाको मुद्दालाई उठाउदै आएपनि मुख्य दलहरु काँग्रेस र एमाले ताजा निर्वाचनको कुरामा केन्द्रित रहेका थिए । तर अचानक दुई साता अघि एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले मुख्य राजनीतिक दलहरुबीच संविधानसभा पुनःस्थापना गरी संविधानमा सहमत हुन सकिने विषय समेटेर संविधान जारी गर्ने नयाँ प्रस्ताब अघि सारे पछी दलहरु निर्बाचन कि, संविधानसभा पुनःस्थापना भन्ने मुद्दामा अन्योलमा समेत परेका छन् । कांग्रेसका दुई प्रभावशाली नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुस्थापनाको पक्षमा रहे पनि अर्को मुख्य दल एमाले ताजा निर्वाचनको पक्षमा देखिएको छ । कांग्रेसका दुई प्रभावशाली नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुस्थापनाको पक्षमा रहेकै कारण एमाओवादीले संविधानसभा पुनःस्थापनाका लागि कांग्रेससँग आन्तरिक लेनदेनको रणनीति अख्तियार गरेको छ । स्रोतका अनुसार संविधानसभा पुनःस्थापना गर्ने प्रस्तावको पक्षमा कांग्रेस भित्रको बहुमत पक्ष सकारात्मक रहेका कारण पनिएमाओवादी संविधानसभा पुनःस्थापनाको आफ्नो प्रस्ताबमा समर्थन जुटाउन क्रियाशील रहेको छ । यद्यपी एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले आफुले अघि सारेको संविधानसभा पुनःस्थापनाको प्रस्ताब प्रति अन्तराष्ट्रिय समुदाय सकारात्मक नरहेका कारण उनि यूरोपियन राष्ट्रहरुको समर्थन जुटाउन बेल्जियमको साता लामो भ्रमणमा निस्किएका छन् । त्यहाँ उनले मित्र राष्ट्र भारत र बेलायतका प्रतिनिधिहरु संग अनौपचारिक भेटघाट गरि आफुले अघि सारेको संविधानसभा पुनःस्थापनाको प्रस्ताबमा सहमत गराउने कोसिस गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर