न्युयोर्कमा सुमन सुमधुर साँझ सम्पन्न

२५ आश्विन २०६९, बिहीबार २१:५४ मा प्रकाशित

न्युयोर्क । न्युयोर्क शहरमा गायक सुमन बुढामगरले सुमन इन्टरटेन्टमेन्ट एल एलसीको आयोजनामा भब्य सुमन सुमधुर साँझ सम्पन्न गरेका छन् ।

बहुचर्चित गायक सुमन बुढाले अमेरिकाको व्यस्त शहरमा बसेर पनि एकै पटक ४ वटा गीति अल्बमहरु बजारमा ल्याएर विश्व किर्तिमान पनि कायम गरेको छ । हाल सम्म विश्वको कुनै पनि गायकले एकै पटक ४ वटा गीति एल्बमहरु बजारमा ल्याएको नभएकोले गायक सुमन बुढाले विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । गीति एल्बमहरु न्युयोर्कको सिटि कंटोलर जोन सी लिउले परदेशको कोसेली, नेपाली संगीतको धरोहर संगीतकार तथा गायक अम्बर गुरुङले संगीत नामक, विश्व प्रख्यात गायक माइकल ज्याक्सनको सकेत भतिजी टान्य ज्याक्सनले हिट्स अफ सुमन, नसियका निवर्तमान अध्यक्ष राजा घलेले कौरा, सालैजो, र नेपाल अमेरिका पत्रकार संघको अध्यक्ष आङ छिरिङ शेर्पाले भब्य बिमोचन गरेका थिए ।

कार्यक्रममा अमेरिकाको बिशेष व्यक्तित्वहरुको उपस्थिति थियो । मिस नेपाल यू एस ए अस्था श्रेष्ठ, लामा अवतारी देखि हिमाल चड्ने पर्वतारोही न्युयोर्कको संघ संस्थाका अध्यक्ष बुद्धीजिवी समाजसेवी, कलाकार, खेलाडी सबैको उपस्थिति र न्युयोर्क बासीको बाक्लो उपस्थितिले कार्यक्रमको शोभा बढेको थियो । कार्यक्रम हुनु ३ हप्ता अगाडी नै टिकट हलको क्षमता भन्दा दोब्बर बिक्रि भएकोले आयोजक संस्था सुमन इन्टरटेन्टमेन्ट एल एलसीले दर्शकहरुको समस्यालाई मध्यनजर राखी ७ वटा अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति अम्बर गुरुङ, बिशेष अतिथिहरु न्यूयोर्क सिटिका कमट्रोलर जोन सी लिउ, नेप्लिज एशोसियसन अफ नर्थइष्ट अमेरिका (नासिय) का निवर्तमान अध्यक्ष राजा घले, अवतारी लामा र विश्व चर्चित पप सम्राट स्व. माइकल ज्याक्सनका भतिजी टान्या ज्याक्सनले संयूक्त रुपमा बिभिन्न ४ गीति संग्रहलाई विमोचन गरेका थिए । सोहि कार्यक्रममा बरिष्ठ संगीतकर्मी गुरुङलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ द्वारा विशेष सम्मान गरिएको थियो । यसै गरि कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउँदै आएका बिभिन्न आधा दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा बालकलाकार एन्जिला राई, मिस नेपाल यूएस-२०१२ आस्था श्रेष्ठ, मल्टी गिनिज बुक रेकर्डर रोहित तिमिल्सिना, यू एस नेपाल अनलाईन डटकमका प्रधान सम्पादक प्रदीप थापामगर, थ्रीजी साउण्ड ईन्क र कलाकारद्वय अनिल रोका र कृति रोका रहेका थिए ।
केशबराम राईको सभापतित्वमा सम्पन्न उक्त भव्य कार्यक्रममा प्रमुख अतिथि अम्बर गुरुङ, न्यूयोर्क सिटिका कमट्रोलर जोन सी लिउ र नासियका निबर्तमान अध्यक्ष राजा घले र विश्व चर्चित पप सम्राट स्व. माइकल ज्याक्सनका भतिजी टान्या ज्याक्सनले शुभकामना मन्तव्य राखेका थिए । दुई सत्रमा विभाजित उक्त कार्यक्रमको पहिलो औपचारिक सत्रको कार्यक्रम प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रशान एलुङ राई र मिस नेपाल यूएस-२०१२ आस्था श्रेष्ठले संयूक्त रुपमा संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन राजेश थापाले गरेका थिए ।

नेपालमा रहँदा ९ वटा गीति एल्वम प्रकाशन गरि सकेका चर्चित गायक सुमन बुढामगर कार्यक्रममा आफ्ना बिभिन्न चर्चित गीतहरु प्रस्तुत गरेका थिए । “संस्कृतिको धनि हाम्रो देश” बोलको गीतबाट गायन आरम्भ गरेका बुढामगरले अन्य चर्चित भाकाहरुमा समेत लोक दोहोरी गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा उनलाई कार्यक्रम संचालक एवं गायक राजेश थापा, निमा पाख्रिन र विपन राईले साथ दिएका थिए भने दोहोरी गायिका मन्जु पुनले सवाल जवाफ दिएका थिए । पुनलाई भने गायिका यशोदा खालिङले साथ दिएकी थिईन । कार्यक्रममा नेपाली आधुनिक गीति रगजल गायनका लोकप्रिय गायक जगदीश समालले तीन वटा गीत प्रस्तुत गरेर दर्शकदिर्घमा मनोरन्जन प्रदान गरे । लामो समयदेखि न्यूयोर्क राज्यबाट न्यू ह्याम्सर बस्दै आएका समालले सुमन बुढामगरकै शब्द र संगीतमा रहेको “तिमी अर्ध चाँदनी हौ”, “अलि माथि जाउ”, “मायाको गाउ”, र “ठोक न मादल ठोक” बोलको गीत प्रस्तुत गरेका थिए । यसै गरि कार्यक्रममा गायक आङ गेलु शेर्पाले पुरानो गीत “सलल पानी बगेर गयो” बोलको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा थिजी साउण्ड ईन्कका संचालक गम्बु शेर्पाले लोकगीत प्रस्तुत गरेर सहभागीहरुलाई थप मनोरन्जन गराएका थिए ।

कार्यक्रममा गीतसंगीतसंगै आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । वसन्त डान्स सेन्टरका सञ्चालक एवं कोरियोग्राफर विजय नकर्मीको कोरियोग्राफीमा ४ वटा नृत्य प्रस्तुत गरिएको थियो । यसरी नृत्य गर्नेहरुमा यशोदा खालिङ, दावा शेर्पा, पासांग फुरी, डिच्चेन पाल्मो, दावा शेर्पा, सेनिका प्रधान, सम्बर्दना गुरुङ, छिरिङ शेर्पा, निमी शेर्पा लगायतका कलाकारहरु थिए ।

स्टेजमा तस्बिर खिच्नेहरुको ताँती
साबिकको भन्दा फरक साजसज्जाका साथ सम्पन्न भएको ‘सुमन सुमधुर साँझ-२०१२’ मा स्टेजको सज्जा कार्यक्रमको अर्को आकर्षणकै रुपमा रह्यो । अनिल रोका र कृति रोकाको परिकल्पनामा निर्माण गरिएको उक्त स्टेजको साजसज्जामा नेपाली मौलिक घर प्रस्तुत गरिएको थियो । त्यसो त कार्यक्रम नसकिदै सोहि घर सामुन्ने तस्बिर खिच्ने र खिचाउने सहभागीहरुको ताँती नै लागेको थियो ।
अन्य कार्यक्रमहरुमा भन्दा पृथक देखिएको उक्त स्टेज सजावटमा मात्र गायक सुमन बुढामगरले २५ सय डलर भन्दा बढी रकम खर्चेको बताए । स्टेजमा प्रयोग गरिएका घरको अधिकांस सामग्रीहरु वास्तविक थिए । दुईवटा घरको आँगन र पिढीमा प्रयोग गरिएका स्याउको बोट र स्याउ, फर्सी, फुल, मकैको घोगासहितको बोट, डोको, सारंगी, मादल लगायतका सामग्रीहरुले कार्यक्रमस्थल अत्यन्त आकर्षक देखिएको थियो ।

समाचारको प्रभाव र सुमनको साथ
‘सुमन सुमधुर साँझ २०१२’ कै अवसरमा गायक सुमन बुढामगरले ८० बर्षिय धन बहादुर घलेको सहयोगार्थ १८ सय १५ डलर संकलन गरेका थिए । अमेरिकाबाट प्रकाशन भई रहेको मेरो नेपालु नामक पत्रिकाको अंक ५ मा प्रकाशित “आग्रा खोलाको किनारमा” शिर्षकको लेख पढेर सहयोगको हात अघि बढाउँदै सहयोगको आवहान गरेपछि सहभागी मध्येका केहिले उक्त रकम घलेको सहयोगार्थ प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । यसरी सहयोग रकम प्रदान गर्नेहरुमा नेप्लिज एशोसियसन अफ नर्थइष्ट अमेरिका (नासिय) का निबर्तमान अध्यक्ष राजा घले ५ सय डलर, रारा ग्रुपका संचालक राजु तुलाधर ५० हजार नेपाली रुपैया, गायक जाम्लिङ ठकुरी ३ सय ५१ डलर र थ्रीजी साउण्ड ईन्कका संचालक गम्बु शेर्पाले ३ सय ५१ अमेरिकी डलर रहेको छ ।

धादिङको आग्रा खोला किनारमा बिगत दुई दसक भन्दा बढी समयदेखि गिटी कुटेर जीविकोपार्जन गर्दै आएका घले दम्पतिको समाचार पत्रिकाका प्रधान सम्पादक प्रशान एलुङ राई (पंतिकार स्वयम) ले संकलन गरेका हुन् । दैनिक खान बस्न जोहो गर्नको लागि गिटी कुट्दै आएका घलेका श्रीमती धनमायाको उमेर भने ७० बर्षको रहेको छ । घलेले मकवानपुर, पालुङ घर बताए पनि हाल उनीहरुको नाममा कुनै जमिन छैन न त नागरिकता नै । कार्यक्रममा विमोचित एल्बमहरुको सम्पूर्ण बिक्रीको शत प्रतिशत रकम घलेको सहयोगको लागि प्रदान गर्ने घोषणा गरेका गायक सुमन बुढामगरले कार्यक्रममा कुनै पनि सिडी बिक्री गर्न पाएनन् । तयारी अवस्थामा रहेको सिडीहरु बिक्री नभएकोमा आफ्ना नयाँ सिर्जनाहरु दर्शक श्रोतासामु पुर्याउन असमर्थ भएकोमा दु:खी बनेका बुढामगरले निकट भविष्यमा प्रक्रियागत रुपमा स्रोता समक्ष पुर्याउने योजना रहेको बताए ।

८० बर्षिय घलेको सहयोगको लागि अन्य सहभागीहरुले पनि चासो देखाउदै आएकोमा सहयोग रकम संकलन भई रहेको र केहि समयपछि व्यवस्थित रुपमा संकलित रकम नेपाल पठाईने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार