एमाओवादीले कार्यविधी सार्वजनिक गर्न सकेन

२५ आश्विन २०६९, बिहीबार २१:२४ मा प्रकाशित

काठमाडौ, २५ असोज । एकीकृत नेकपा माओवादीले आज अन्तिम रुप दिने भनेको कार्यविधिलाई केही पछि सारेको छ । आज बिहान कार्यविधिलाई अन्तिम रुप दिने र आजै सार्वजनिक गर्ने भनिएपनि केही विषय मिलाउन थप छलफल गर्नुपर्ने भन्दै केही पछि सारिएको हो । अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केपछि मात्रै कार्यविधिलाई अन्तिम रुप दिइने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । केन्द्रदेखि गाउँतहसम्म बहुपदीय संरचनामा जाने गरि एकीकृत नेकपा माओवादीले कार्यविधि बनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड विदेश गएपनि दलहरुसँगको छलफललाई निरन्तरता दिने निस्कर्ष निकालीएको सापकोटाले बताउनुभयो । आजै प्रचण्ड बेल्जियम जादै हुनुहुन्छ । एकीकृत माओवादीले सहमति नभएसम्म सरकारबाट राजीनामा नगर्ने तर सबै विकल्प खुला राखेर वार्ता गर्ने सहमति निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्