कांग्रेस महाधिवेशनमा देउवाले शक्ति र सत्ताको दुरुपयोग गरे : अमरेशकुमार सिंह

१९ मंसिर २०७८, आईतवार १७:१९ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। नेता सिंहले बिज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा अधिबेशनका क्रममा प्रहरी र मतदान अधिकृत मार्फत धाँधलीको प्रयास भएको भन्दै यस्तो आरोप लगाएका हुन्।

नेता सिंहले सर्लाही–४ मा यसअघि निर्वाचनमा धाँधली भएको भन्दै पुनः अधिवेशन गराउन माग गर्दै आएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा कियाशील सदस्यताको वितरणदेखि नै बिभिन्न प्रकारका जालझेल भएको सिंहको दावी छ ।

‘मेरो निर्वाचन क्षेत्र नं. ४ मा भएको यस्ता क्रियाकलापमा संलग्न बिधायक, प्रहरी र मतदान अधिकृतप्रति घोर भर्सत्ना गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवम् प्रधानमन्त्री ज्यूको जिम्मेदारी मेरो क्षेत्रमा स्वतन्त्र, निष्पक्ष तथा धांधलीरहित अधिवेशन सम्पन गराउने हो । त्यो जिम्मेदारी बोध गराउदै सर्लाही क्षेत्र नं.४ को अधिवेशन गराउन अपिल गर्दछु।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार