अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ : कमल थापा

१९ मंसिर २०७८, आईतवार १७:०९ मा प्रकाशित

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गरेका छन् ।

दिउँसो फेरि उनले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उनले राजेन्द्र थापाको कविता पनि उल्लेख गरेका छन् । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,’ थापाले कविता उल्लेख गर्दै भनेका छन् ।

‘पोहोर साल खुशी फाट्दा

जतन गरि मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार