सूर्य नेपाल गल्फ भोलिबाट

१९ मंसिर २०७८, आईतवार १६:३३ मा प्रकाशित

काठमाडौं।सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ ।

प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार पाउने छन् ।

आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ । जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् ।

आयोजकले यसबर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।आगामी फिफा क्यालेन्डरमा मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ । मोरिससविरुद्धको

काठमाडौं। सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी

काठमाडौं।युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोल प्रेरित न्युरोड टिम एनआरटीले सोमबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् । जनवरी