इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ जना घाइते

१९ मंसिर २०७८, आईतवार १५:५२ मा प्रकाशित

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ ।

दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।

दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजा स्थलमा सारिएको छ ।

ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको

एजेन्सी । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले

बेइजिङ।चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन

नयाँ दिल्ली।कोभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार