तिन पुस्तादेखि जेरी पुडि लड्डु व्यापार

२५ आश्विन २०६९, बिहीबार २१:१० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,२५ असोज । बुटवल नगरपालिका २ बटौली वजारको एक हलुवाई परिवार तिन पुस्तादेखि निरन्तर जेरी पुडि र लड्डुको उत्पादन र विक्रिमा व्यस्त छ । उसको वाजेको पालाको आर्थिक अवस्थामा भने अझै सुधार आएको छैन । सिताराम हलुवाईले वि.सं १९९६ मा (७१ वर्ष अघि) वटौलीमा सानो घडेरी किनेर झुपडी बनाई उक्त व्यापार थालेका थिए । उनको ६५ वर्षको उमेरमा मृत्यु भयो । सोहि झुपडिमा उनका छोरा ५३ वर्षिय गयाप्रसाद र नाति २८ वर्षिय आनन्दले निरन्तरता दिएका छन । आनन्दका अनुसार न सितारामले वनाएको झुपडि फेरिएको छ न त उनले मैदा घोल्न प्रयोग गरेको भाँडो नै । दशकौ देखि लगातारको प्रयोगले पित्तलको सो भाँडोको विट तोडिएपनि उनिहरुले यस भाँडोलाई मुर्तिसरी सम्मान पुर्वक प्रयोग गरिरहेकाछन । सितारामले बनाएको झोपडिमै नौ जनाको परिवार वसिरहेको र यस वाहेक अन्य सम्पत्ति नभएको आनन्दको भनाई छ । उनले भने–“गरीवी नहटे पनि हामि खुशि छौ वावु वाजेले गरेको यहि कामलाई निरन्तरता दिन्छु ।ू आनन्दले ९ कक्षा सम्म पढेको पनि बताए । यस्तै छोरी सिमाले विहान ४ वजेदेखि राति ११ वजेसम्म खट्ने वावुआमाको दुखका दिन नगएको भनि धरधरी रूदै भनिन “जे–जति गरेपनि सुख छैन तैपनि वावु आमाले हामिलाई जे दिनुभएको छ हामि खुसि छौ । सिमाले १० कक्षा सम्म पढेकी छन । ग्राहक एवम राजनितिकर्मी राजु लिगल मिसावट नगरी स्वादिष्ट मिठाई वनाउने, सत्यवादी र पुख्र्याैली पेशा नछाडेकाले बटौलिका धेरैजसो मानिस ग्राहक भएको बताउँछन । यस्तै अर्का ग्राहक एवम बुटवल माविका शिक्षक सोहोर अलिखान सत्यकाम गरे मोक्ष पाइन्छ गल्ती काम गरे अप्ठ्यारोमा परिन्छ भन्ने विश्वास र इश्वरले दिएकोमा सन्तुष्ट हुने गरेकाले भौतिक सम्पत्तिमा दुखि भएपनि हलुवाई परिवार सन्तुष्ट भएको वताउछन । हलुवाइले अहिले सम्म पसलको नाम नराखे पनि मानिसहरुले बटौली वजारमा कसैको ठेगाना पत्ता लगाउन जिलेवि पोल्ने ठाँउ भनेर उनको पसलको चिनो राख्छन । हलुवाईको जेरी, पुडि, तरकारी, लड्डु, वर्फि, पेडा र रसवरी बटौली वजार मात्र नभई पुरै बुटवल नगरपालिका क्षेत्रमै परिचित छ । उनको पसलमा २ टेबुल र ४ वेन्च वाहेक वस्ने ठाउ नभएपनि हरेक दिन विहान नास्ता खान बटौलीका (बुटवल नगरपालिका वडा नं १ देखि ४ सम्म) मानिसको भिड लाग्छ । बटौलीको संस्कृति गणेस जात्रा र कृष्ण जन्माष्टमीको दिन यिनको पसलको मिठाई मात्र भगवानलाई चढाउने चलन भएको लिगलले वताए । मिठाइहरु विशुद्ध र मुल्य समेत अन्य पसलको तुलनामा सस्तो भएको ग्राहकको भनाई छ । बटौली शदाव्द्धीऔ पुरानो वाणिज्य केन्द्र हो । पुर्वपश्चिम महेन्द्र राजमार्ग वनेपछि बटौली वजार सुक्यो खस्यौली चम्कीयो । दुवैलाई मिलाएर बुटवल नगरपालिका बनाइयो । बटौलिका पुराना प्यापारी घराना धेरै जसो अहिलेको अमरपथमा सरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर