प्रशान्त क्षेत्र सामुद्रिक प्राणीका लागि ‘प्लाष्टिककाे ठूलाे बासस्थान ‘ -अध्ययन

१९ मंसिर २०७८, आईतवार १४:४७ मा प्रकाशित

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट प्यासिफिक गार्वेज प्याच बताएका छन् ।

साे प्याच क्यालिफाेर्नियाकाे तटदेखि पश्चिमी अमेरिकी राज्य हवाइ हुँदै खुला सागरसम्म फैलिएकाे वैज्ञानिकहरुकाे भनाई छ ।अधिकांश प्राणी तटीय प्रजातिका रहेको र उनीहरु आफ्नो स्वभाविक वासस्थानबाट धेरै माइल टाढा बस्ने गरेको पाइएको छ ।

प्लाष्टिककाे ड‌ंगुरकाे ९० प्रतिशत क्षेत्र एनिमाेन, सानाे समुद्री किरा, शंखे किरा, गंगटाेलगायतका विरुवा र जनावर भेटिएका थिए । प्लाष्टिकहरुले अतिक्रमित जातिलाई अ‌ायात गर्न सहयाेग गरेकाे भन्दै वैज्ञानिकहरुले चासाे देखाएका छन् । अध्ययनमा प्रशान्त क्षेत्रमा तैरिनेदेखि संग्रह हुने स्थानकाे एउटा चक्रका पाँच सेन्टिमिटरभन्दा बढी व्यासका प्लाष्टिकजन्य पदार्थहरुकाे जाँच गरिएकाे थियाे ।

अध्ययन समूहका मुख्य अनुसन्धानकर्ता तथा स्मिथसाेनियन इनभार्नाेमेन्टल रिसर्च सेन्टरका विज्ञ डा‍ लिन्से हरामले भने, ‘तपाइले यसअघि खुला समुद्रमा देखेकाे प्राकृतिक फाेहरभन्दा प्लाष्टिक बढी स्थायी हुन्छन् । याे क्षेत्रमा प्लाष्टिकले एउटा अझै स्थायी बासस्थान सृजना गरेकाे छ । ‘

ओसियन भाेयज इन्स्टच्युटकाे सहकार्यमा डा. हारमले अध्ययन गरेका थिए । इन्स्टच्युटले समुद्रमा फालिएका प्लाष्टिकहरु संकलन गर्छ ।

पृथ्विमा कम्तिमा पाँच ओटा प्लाष्टिक स‌ंक्रमित चक्र छन् । ग्रेट प्यासिफिक गार्वेज प्याच सबैभन्दा बढी प्लाष्टिक तैरने चक्र हाे । याे चक्रमा ६ लाख १० हजार वर्ग माइलमा ७९ हजार टन प्लाष्टिक तैरिएकाे अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष

न्युयोर्क।रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहो-याएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा