राजनीतिक गतिरोधका बीच दाहाल एक साता लामो बेल्जियम भ्रमणमा निस्के

२५ आश्विन २०६९, बिहीबार ०७:०७ मा प्रकाशित

काठमाडौ, २५ असोज । मुलुकको राजनीति अन्यौल ग्रस्त रहेको बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाली जनप्रगतिशील मोर्चाको कार्यक्रममा भाग लिन बिहिबार एक साता लामो बेल्जियम भ्रमणमा निस्केका छन् । दाहाल आफ्ना चार सहयोगीहरु सहित नेपाली जनप्रगतिशील मोर्चाको कार्यक्रममा भाग लिन बेल्जियम भ्रमणमा निस्केका हुन् । एमाओवादी अध्यक्ष दाहालले बेल्जियममा नेपालीहरूका कार्यक्रममा भाग लिनुका साथै युरोपेली संसद र आयोगलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दाहालले बेल्जियममा रहंदा दुई दिन नेपाली संस्थाहरूको कार्यक्रममा भाग लिनेछन् भने बाँकि दुई दिन १५ र १६ तारिख युरोपेली संसद र आयोगको कर्यक्रमममा सहगाभी हुने छन् । दाहालले १६ तारिख बेल्जियमको लुभेन स्थित क्याथोलिक विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम रहेको छ । भ्रमणमा दाहाल सहित, संगठन विभाग प्रमुख कृष्णबहादुर महरा, दाहालका स्वकीय सचिव शिव खकुरेल र अन्य दुई सहयोगी सहित दुबई हुँदै बेल्जियम पुग्ने छन् । यस अघिनै बेल्जियमको कार्यक्रम तयारीका लागि पार्टी अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज राम कार्की त्यहाँ पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो