रियल मड्रिड शीर्षस्थानमा, घरेलु मैदानमै बार्सिलोना पराजित

१९ मंसिर २०७८, आईतवार ११:३४ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १–० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो ।

अर्काे खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे ।

यस्तै ला लिगाकै अर्काे महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २–१ ले स्तब्ध बन्यो ।

घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे ।

जितसँगै रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । बार्सिलोना शीर्षस्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्काे पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ

काठमाडौं।रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५

काठमाडौं । कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह

काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४