पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी

१९ मंसिर २०७८, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।

बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ

काठमाडौं।रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५

काठमाडौं । कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । सातौ चरणअन्तर्गतको छनोटमा समूह

काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४