प्रचन्ड थैबको हत्यारा सुजित बिकलाई सर्वश्व सहीत जन्मकैदको फैसला

२४ आश्विन २०६९, बुधबार २३:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,२५ असोज । रुपन्देही जिल्ला अदालतले एमाले कार्यकर्ता प्रचन्डमान थैबको हत्यामा संलग्न भएको ठहर गर्दै  वाईसिएलका तत्कालीन अध्यक्ष सुजित बिकलाई सर्वश्व सहीत जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश बालेन्द्र रुपाखेतिको एकल ईजलासले बिकलाई जन्मकैदको  फैसला गरेको अधिबक्ता कुलानन्द ज्ञाबलीले जनाकारी दिनु भयो । घटनाका आरोपीत लेखनाथ न्यौपाने र लोकबहादुर गुरुङलाई दाबीअनुसार २० रुपैया जरिवाना गर्रिएको छ । उदय भन्ने मनबहादुर पुनलाई अदालतले सफाई दिएको छ । युथफोर्सका सदस्य समेत रहेका थैबको गत ६५ साल चैत्र १३ गते बुटबलमा गोलीहानी हत्या गरिएको थियो । थैब हत्यापछि फरार रहेका वाईसिएलका तत्कालीन अध्यक्ष सुजित बिकलाइ डेढबर्षपछि काठमान्डौको एकहोटलबाट प्रहरीले प्रकाउ गरी थुनामा राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले