राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित

१९ मंसिर २०७८, आईतवार १०:५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् ।

पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् ।

महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार