एनडब्लुजीएनको तेश्रो सम्मेलन सम्पन्न, समाजसेवी दिलशोभा श्रेष्ठ अभिनन्दित

२४ आश्विन २०६९, बुधबार २२:५२ मा प्रकाशित

भर्जिनिया, अमेरिका ।  नेपाली महिलाहरुको बिश्व संजाल एनडब्लुजीएनको तेश्रो सम्मेलन यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा भब्यताका साथ सम्पन्न भयो । सहकारिता र सक्रियताबादद्वारा महिला सशक्तिकरण मूल नारा तय गरिएको यो सम्मेलनले यसै बिषय बस्तुको सेरोफेरोमा रही महिला सशक्तिकरणमा जोडदार आवाज, बिचार, विश्लेषण, मस्तिष्क मन्थन र कार्यपत्र प्रस्तुत् गरेको थियो । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बिन्दु समाजसेवी दिलशोभा श्रेष्ठलाई अभिनन्दन रहेको  थियो । कार्यक्रममा अध्यक्ष बिष्णु थापाले सबैलाई स्वागत गर्दै संक्षेपमा संस्था र यसले खेलेको भूमिकाको जानकारी दिनु भयो भने संस्था कि उपाध्यक्ष विभा रंजीतले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । सम्मेलनमा सहभागी हुन् बिभिन्न राज्य तथा क्यानाडा समेतबाट ऐक्यबद्दता जनाउन गुणात्मक सहभागी रहेको थियो । वक्ताहरुमा अमेरिकन विश्वबिद्यालय, अन्तराष्ट्रिय सेवा बिद्यालय निर्देशक श्रीलंका मूलकी बिद्या समर्सिन्घेले कार्यक्रममा स्वागत गर्दै तथा विद्यालयको सेवा नै मुख्य उदेश्य रहेको जानकारी दिनु भयो । अन्तराष्ट्रिय मानब मुल्य संघ कि निभा प्रधानले अत्यन्तै प्रभाबकारी ढंगमा महिला सशक्तिकरण बारेमा प्रयोगात्मक रुपमा प्रदर्शन गर्दै कोशिस भन्ने शब्दले नकारात्मक प्रभाब जनाउने हुनाले उत्तरदायित्व लिने गर्नु पर्छ भन्ने बिचार राख्नु भयो भने अर्का सयुक्त राज्य अमेरिका, राज्य बिभागका स्टेट डिपार्टमेन्ट, नेपाल डेस्क हेर्ने नाथन हाराले नेपाल र अमेरिकाको सम्बन्ध अभिवृद्धि गर्नु मुख्य उदेश्य रहेको भन्दै सबैलाई स्वागत गर्नु भएको थियो  ।
वक्ताहरुमा बिभिन्न रास्ट्रिय तथा स्थानीय संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना सहित महिला शसक्तिकरण सम्बन्धि प्रतिबद्दता र  गैर आवाशीय संघ, अमेरिकाका अधक्ष्य प्रलाद केसीले (एन डब्लु जी एन) संग साझेदार भएर काम गर्ने ईक्षा तथा विभिन्न अरु संघ तथा संस्थाहरुसंग काधमा काध मिलाएर जाने कुराको आब्हान गरेका थिए । नेपाल सरकारको तर्फबाट मेरील्याण्ड तथा पेनसिलभेनियाका लागि अवैतनिक महा बाणिज्य दुत प्रेम राजा महतले शुभ कामना दिदै महिलाको सहयोगको लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै र नेपालको संस्कृतिको लागि आफु कम्मर कसेर लाग्ने बिचार व्यक्त गर्नु भयो । गैर आवाशीय संघ, अन्तराष्ट्रिय समन्वयब समितिका क्षेत्रीय संयोजक मुकेश सिंहले (एन डब्लु जी एन) ले धेरै काम गर्नु  पर्ने रहेको र आफु कानुनी वकालती पेसामा संलग्न रहेकोले मानब अधिकार सम्बन्धि मुद्दालाई बिश्व ब्यापीकरण गरिनु पर्ने र मध्ये पूर्वमा नेपाली महिलाहरुको धेरै समस्या रहेकोले यस तर्फ ध्यान दिनु पर्ने बिचार व्यक्त गर्नु भयो र बाल बिबाहका कुरा पनि उठाउनु भएको थियो ।
एनडब्लुजीएन कि संस्थापक अध्यक्ष अन्नपूर्णदेवले सशक्तिकरण बारेमा महिलाहरुले धेरै कुरामा बन्चित थिए, सिमित गरिएको थियो तर महिलाले यी सबै कुराहरुलाई तोडी सकेको विचार राख्नु भयो । महिलाले गायत्री मन्त्र जप्न हुदैन भन्ने धारणा रहेको उदाहरण आमालाई लिदै अब महिलाले नमुनाको भूमिका रोल मोडल निर्वाह गर्नु पर्छ भन्ने धारणा राख्नु भयो प्रिमुख आतिथ्य ग्रहण गर्नु हुने अमेरिकाका लागि नेपाली महामहिम राजदूत शंकर प्रसाद शर्मा (पी एच डी) ले  महिलाहरुको सामजिक अवस्था बारेमा गहन बिचार तथ्यांक सहित जानकारी दिनु भयो सिन् २००६ देखि महिला विभेद सम्बन्धि आवाज ज्यादा उठाउन थालेको जानकारी दिनु भयो, साक्षरता ५७।३ बाट ६३ प्रतिशत बढेको, बिद्यालय जाने बाल बालिका दुवैको संख्याबढेको, महिला बेच बिखन र महिला हिंसा नघटेको तर २०१०, २०११ मा घरेलु हिंसा चाही घटेको, सचेतना बढेको तथा अन्य महत्वपूर्ण जानकारी दिदै सफलताको कामना दिनु भएको थियो ।
गैर आवाशीय संघ, अन्तराष्ट्रिय समन्वयब समितिका संयोजक राधा बस्नेतले क्यानाडा बिश्व सम्मेलन बोलाउने बिचार गरेको, महिला प्रतिनिधित्व हुने गरि एन आर एन पदाधिकारीलाइ पत्राचार गर्ने जानकारी दिदै ६७ देशमा ३४ देशमा मात्र महिला प्रतिनिधि भएकोले नेतृत्वको लागि आब्हान गर्ने जानकारी गराउनु  भयो । गैर आवाशीय संघका पूर्व पदाधिकारी रतन झाले (एन डब्लु जी एन) र आन्ता साझेदारी भै काम गर्न प्रस्ताब राख्नु भयो र केहि समय (एन डब्लु जी एन) प्रस्ताबलाई घोत्लिन आग्रह गर्नु भयो । उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वलाई बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत अभिनन्दन गर्दै प्रमाण पत्र समेत वितरण गरिएको थियो, उक्त सम्मान पाउनेहरुमा राधा बस्नेत क्यानाडा, बिन्दु पन्त, सुष्मा बाराकोटी, पूर्व नेपाल अमेरिका सुन्दरी सुजिता बस्नेत, बिष्णु गुरुङ तथा सदैब संस्थाको कर सम्बन्धि कार्यमा स्वयम् सेवक रुपमा सहयोग गर्नु हुने भर्जिनियाका राजन अधिकारीलाई पनि प्रमाण पत्र प्रदान गरियो सिमाजसेवी तथा अत्यन्तै क्रियाशील माधवी बस्नेत द्वारा संचालित सशक्तिकरण कोलागी उचित पहुच कार्यक्रममा भारतीय मूलकी प्रिया कूलकर्नी, पेंसेल्भिनियाबाट आउनु भएकी अधिवक्ता बन्दिता शर्मा दाहाल तथा (एन डब्लु जी एन) कि पुर्व अधक्ष्य सुष्मा बाराकोटीले महिला सशक्तिकरण बारे कार्यपत्र प्रस्तुति प्रस्तुत गर्दै महिलाहरुमा हुने हिंशा, विभेद सम्बन्धि र महिलाहरुले समाजमा खेलेको भूमिकाबारे स्थलगत तस्बिर र बिभिन्न गतिबिधि बारे जानकारी दिनु भएको थियो ।
महिला सम्बन्धि शिक्षा र बिकाश सम्बन्धि पनि जुलिया रुका भिना, क्लायेर चारमन्याक आदिले कार्यपत्र प्रस्तुति गर्नु भएको थियो भने कार्यक्रमलाई अझ मसलादार बनाउने उद्देश्य अनुसार साहित्य क्षेत्रमालाई समाहित गर्दै वरिष्ठ कवियत्री भारती गौतमको अगुवाहिमा कविता बाचन गराईएको थियो, सिता पाण्डे, प्रलाद केसी, प्रेम संग्रौला, विजय थापा, भारती गौतम, रमा सिंह, प्रदीप थापा यु एस अनलाइन डटकम, न्यु योर्क पत्रकार, शारदा खाती आदि ईत्यादीले देश प्रेम र अरु समसामयिक बिषय बस्तु बारे कविता वाचन गर्नु भएको थियो भने समाजसेवी बिष्णु परिवारले गीत, मंजु संग्रौला, बिजया शाह तथा भवानी शर्माहरुले सयक्त रुपमा गीत समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्य तिर परिवर्तनका लागि आवाज बिषय सम्बन्धि एड्वन कि संस्थापक तथा बोस्टनबाट आउनु भएकी समाजसेवी बिष्णु परिवारले महिला सशक्तिकरण सम्बधि अत्यन्तै गम्भीर रुपमा आफ्नो संस्थाले कसरि महिला सशक्तिकरणमा सामजिक परिवर्तन ल्याएको उदाहरण र आफुले गरेको कार्यको प्रगति बारेमा जानकारी गराउनु भयो । क्यालिफोर्नियाबाट आउनु भएकि बिष्णु गुरुङले पनि आफुले कसरि महिला सशक्तिकरण सम्बन्धि आफुले संघर्ष गरेको र बिभिन्न रोचक  उदाहरण प्रस्तुत गर्नु भएको थियो । क्यानाडाबाट आउनु भएकी समाज सेवी राधा बस्नेतले पहिला नै आफ्ना कुराहरु राखेकोले पुन स्गैर आवाशीय संघमा आफु आबद्द रहेकोले महिला नेतृत्व संम्बन्धी आफुले कार्य गर्ने प्रतिबद्दत्ता जाहेर गर्नु भयो ।
अर्को महत्वपूर्ण पक्ष सम्मान र आर्थिक सहयोगको खातिर नेपालबाट आमन्त्रित गरिएकी समाज सेवी दिल शोभा श्रेष्ठको सम्मान र अभिनन्दन गरिएको थियो । उपस्थित हुने महानुभावहरुले वैयक्तिक तथा संस्थाको तर्फवाट खादा ,आर्थिक सहयोग तथा सम्मान पत्र दिईएको थियो । समाज सेवी दिल शोभा श्रेष्ठले आमाको घर र बृद्द आश्रमको कहानी सुनाउदा उपस्थित कसैले पनि मन थाम्नै सकेनन र अविरल आशु खसाल्दै कार्यक्रम स्थल नै स्तब्द बन्न गएको थियो । पैसा जुटाउन नसक्दा कति पटक नूनसंग मात्रै भात खाएको रुदै भन्दा अझ सहभागीहरुलाई पिडाले छाती पोलेको थियो । एक बृद्द पागल महिलालाई आश्रय दिएको र हेरचार गर्दै जादा परिवारबाट माया नपाएर हेलाले घरबाट आफ्नै सन्तानबाट निकालिएको रहेछ र पागल चै होईन रहेछ भनि उपस्थित सबैलाई परदेशमा भए पनि आफ्नो आमा बुवासंग नियमित रुपमा सम्पर्क गरि रहनु है भन्दा झन् मन थाम्नै नसकी आशुको धारा नै रोकिएन । आमाको घरलाई निरन्तर आर्थिक सहयोग गर्ने बचन बद्दता र सहयोग दिने प्रतिबद्दता अधिकांशले गर्दै कार्यक्रम समाप्त गरियो  ।एन डब्लु जी एन ले वहालाई अमेरिका ल्याउने र सम्मान कार्यक्रम गर्ने जिम्मेबार लिएको थियो । धन्यबाद ज्ञापन संस्था कि  पुर्व अध्यक्ष सुष्मा वाराकोटीले गर्नु भयो भने कार्यक्रमको सभापतित्व बिष्णु थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार