अमेरिकासहित २२ देशले तालिवानलाई भने –पूर्वसुरक्षाकर्मीमाथिकाे हत्या तत्काल बन्द गर

१९ मंसिर २०७८, आईतवार १०:५६ मा प्रकाशित

न्युयाेर्क । अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल राेक्न माग गरेका छन् । अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन् । ‘तालिवानले ठूलाे संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीकाे हत्या गरेकाे विवरणप्रति हामी गम्भीर चासाे व्यक्त गर्दछाै‌,’ विज्ञप्तिमा भनिएकाे छ ।

तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुकाे हत्या गरेकाे विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासाे जनाएका हुन् । यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीकाे हत्या गरेकाे जनाएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौं। चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक