दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

२४ आश्विन २०६९, बुधबार २२:०८ मा प्रकाशित

स्टकहोम । फ्रान्सका सेर्ज ह्यारोस तथा अमेरिकाका डेविड वाइनल्यान्डले यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जितेका छन् । क्वान्टम भौतिकशास्त्रमा दिएको योगदानका लागि दुवैलाई सो पुरस्कार प्रदान गरिएको हो । क्वान्टम भौतिकशास्त्रले कम्प्युटर क्षेत्रमा व्यापक क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।
नोबेल भौतिकशास्त्रका निणर्ायकमण्डलले प्रत्येक क्वान्टम प्रणालीको मापन तथा त्यसको उपयोगमा अप्टिकल प्रविधि प्रयोग गरेका थिए । निणर्ायकमण्डलले दुवै वैज्ञानिकको अभूतपूर्व विधिले अनुसन्धानको क्षेत्रमा अति नै छिटो गतिमा तथ्यांक प्रशोधन गर्नसक्ने बताएका छन् । यसले क्वान्टम भौतिकशास्त्रमा आधारित नयाँ कम्प्युटर विकास गर्न सहयोग गर्ने विश्वास छ ।
८८ वषर्ीय ह्यारोसले पुरस्कार पाउँदा आफू निकै खुसी भएको बताएका छन् । आफू सडकमा हिँडिरहेको समयमा समाचार प्राप्त भएको उनले बताए । ‘सडकमा हिँडिरहेको वेला नोबेल भौतिकशास्त्रको पुरस्कार मलाई दिएको समाचार सुनेँ, त्यसपछि नजिकैको बेन्चमा बसेर पूरै समाचार सुनेँ,’ उनले भने । दुवै वैज्ञानिकले क्वान्टम इन्ट्यांगलमेन्टमा विशेषज्ञता हासिल गरेका छन् । कुनै दुई तत्त्व एकआपसमा अन्तरक्रिया गर्ने कार्यलाई इन्ट्यांगल भएको मानिन्छ । यसको अर्थ एक तत्त्वले अर्को तत्त्वलाई प्रभावित बनाएको हुन्छ । यी दुई तत्त्व छुट्टएि पनि तिनीहरूबीचको सम्पर्क निकै समयसम्म रहन्छ ।
यस्तो इन्ट्यांगलमेन्टले तत्त्वलाई सुपरपोजिनको अवस्थामा लैजान्छ । यसैका आधारमा सुपर कम्प्युटर निर्माण हुने अपेक्षा गरिएको छ । हाल कम्प्युटरले बायनरी कोड प्रयोग गरिन्छ । त्यसलाई बिट अर्थात् शून्य वा एकमा भण्डारण गरिन्छ । ह्यारोस कलेज डे प|mान्स र पेरिसको इकोल नोर्माल सुपेरियुरका प्राध्यापक हुन् । ८८ वषर्ीय वाइनल्यान्ड कोलोराडोको बाउल्डरमा अवस्थित कोलोराडो विश्वविद्यालयको नेसनल इन्स्िटच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी प्रमुखका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल

अष्ट्रेलिया । अष्ट्रेलियाका स्थायी वासिन्दा र नागरिकले विदेशमा रहेका आफ्ना अभिभावकहरुलाई अष्ट्रेलिया भ्रमणका लागि ल्याउन पाउने भएका छन । कोरोना

न्युयोर्क । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई

आजको प्रमुख समाचार