कांग्रेस अधिवेशन : अझै सुरु भएन प्रदेश १ को मतगणना

१९ मंसिर २०७८, आईतवार १०:४३ मा प्रकाशित

विराटनगर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगण्ना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि सुरु गर्ने उनले बताए ।

प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ । दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश १ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुन् ।

निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्काे मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर। राष्ट्रिय सभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान

काठमाडौँ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधबार

काठमाडौं । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा

आजको प्रमुख समाचार