श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिनू – सूचना विभाग

२४ आश्विन २०६९, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौ, २४ असोज । सूचना विभागले श्रमजीवी पत्रकार ऐन तथा नियमावलीबमोजिम सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार एवम् कर्मचारीलाई मासिक पारिश्रमिक एवम् चाडवाडमा दिनुपर्ने खर्च दिन व्यवस्थापनलाई आग्रह गरेको छ । विभागले आज एक विज्ञप्ति जारी गरी व्यवस्थापनले पारिश्रमिक दिन नमाने प्रेस रजिस्ट्रार एवम् सूचना विभागका महानिर्देशकसमक्ष उजुरी दिन आग्रह गरेको छ । त्यस्तो उजुरीहरु सूचना विभाग एवम् विभागअन्तर्गतका पाँच विकास क्षेत्रका सूचना केन्द्रहरुमा समेत दिन सकिने व्यवस्था मिलाइएको छ । यस्ता उजुरी प्राप्त भएमा नेपाल सरकारबाट लोक कल्याणकारी विज्ञापन प्राप्त गरिरहेका र प्राप्त गर्ने सञ्चारगृहले लोक कल्याणकारी विज्ञापनबापत पाउने रकम आ-आफ्ना श्रमजीवी पत्रकार एवम् कर्मचारीलाई न्युनतम पारिश्रमिक उपलब्ध गराएको प्रमाण प्राप्त भएपछिमात्र भुक्तानी हुने विभागले जनाएको छ।
रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार