निर्बाचननै उत्तम विकल्प: काँग्रेस सभापति कोइराला

२४ आश्विन २०६९, बुधबार २२:०० मा प्रकाशित

नेपालगन्ज, २४ असोज । काँग्रेस सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको राजनीतिक गतिरोध नहट्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यकर्ता भेटघाटका अवसरमा कोइरालाले भन्नुभयो, ‘राष्ट्रिय सहमतिको सरकारमा को प्रधानमन्त्री बन्ने महत्वपूर्ण होइन, त्यो सरकारले अहिलेको राजनीतिक गतिरोधको गाँठो फुकाउँछ कि फुकाउँदैन भन्ने कुराले बढी अर्थ राख्छ ।”नेपाली काँग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले प्रजातान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै ताजा जनादेशमा जानु नै उत्तम हुन्छ भन्नुभयो ।’ उहाँले भन्नुभयो,’निर्वाचनमा जानुअघि प्रमुख राजनीतिक दलबीच संविधान निर्माणका मूल सिद्धान्तमा सहमति तय गरिनुपर्छ, राज्यको पुनःसंरचना, शासकीयस्वरूप र संसदीय निर्वाचन प्रणालीसम्बन्धी विषयमा छलफल गर्नु आवश्यक छ ।’आफ्नो दलका नेताहरूबीच कुनै विवाद र मतभित्रता नरहेको बताउँदै सभापति कोइरालाले पार्टीका कार्यकर्ता एकढिक्का भई सङ्गठन निर्माणमा जुटनुपर्नेमा जोड दिनुभयो । उहाँको भनाइ थियो, ‘यो मुलुकलाई नेपाली काँग्रेसको खाँचो छ, जनताले काँग्रेसबाट धेरै अपेक्षा राखेका छन्, जनतालाई सस्तो कुरामा अल्मल्याउने होइन यथार्थ कुरा भनेर उनीहरूको मन जित्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना