एमाओवादीको महाधिवेशन कार्यसूची तयार

२४ आश्विन २०६९, बुधबार २०:३२ मा प्रकाशित

काठमाडौ, २४ असोज । एमाओवादीले आसन्न महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको एमाओवादी सङ्गठन विभागको बैठकले पार्टीको माघमा हुने महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको हो । बिहिबार बस्ने बैठकले त्यसलाई सार्वजनिक गर्ने एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सापकोटाले दिएको जानकारी अनुसार आजको बैठकले जिल्ला संयोजक तथा राज्य संयोजकले केही साताअघि आयोजित कार्यशालामा राखेको धारणालाई आत्मसात गर्दै महाधिवेशनको कार्यसूची र अनुमोदनको कार्यविधि तयार पारेको छ । एमाओवादीको २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई यसअघि तोकिएकै मिति माघ १४ गते गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले