कांग्रेस प्रदेश अधिवेशनः देउवा पक्ष तितरवितर, पौडेल पक्ष उत्साहीत

प्रदेश नम्बर २ बाहेकका प्रदेशमा दुवैपक्षले उमेदवार तय गरिसकेका छन् । सभापति देउवा पक्षमा आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि ७ वटै प्रदेशमा पौडेल पक्ष उत्साहीत भएको छ । देउवा पक्षमा ७ वटै प्रदेशमा विवाद देखिएको छ । तर पौडेल पक्षले भने सर्वसम्मत रुपमा सबै प्रदेशका उमेदवार चयन गरेको छ ।
१८ मंसिर २०७८, शनिबार १२:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि नेताहरुका बीचमा रस्साकस्सी चलेको छ । केन्द्रमा रहेको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका दुई समूह प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रदेश नम्बर २ बाहेकका प्रदेशमा दुवैपक्षले उमेदवार तय गरिसकेका छन् । सभापति देउवा पक्षमा आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि ७ वटै प्रदेशमा पौडेल पक्ष उत्साहीत भएको छ । देउवा पक्षमा ७ वटै प्रदेशमा विवाद देखिएको छ । तर पौडेल पक्षले भने सर्वसम्मत रुपमा सबै प्रदेशका उमेदवार चयन गरेको छ ।

प्रदेश नम्बर १ मा सभापति देउवा पक्षले कृष्ण सिटौला निकट उद्धव थापालाई प्रदेश सभापतिको उमेदवार बनाएको छ भने पौडेल पक्षले केन्द्रीय सदस्य गुरु घिमिरेलाई उमेदवार बनाएको छ । देउवा पक्षले थापालाई उमेदवार बनाएपछि असन्तुष्टी चुलिएको छ । विषेश गरी प्रदेश नम्बर १ मा सिटौला निकट थापालाई उमेदवार बनाएपछि देउवा निकट रहेको विश्वप्रकाश शर्मा पक्षको असन्तुष्टी बढेको हो । झापा जिल्ला अधिवेशनमा सिटौला र शर्मा प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । झापामा पौडेल निकट नेताहरुले शर्माको प्यानललाई सहयोग गरेको थियो ।

त्यस्तै बागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सभापति देउवा पक्षबाट बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनिया, पौडेल पक्षबाट नुवाकोटका पूर्वसभापति जगदिश्वरनरसिंह केसी र सिटौला निकट भिमसेनदास प्रधान उमेदवार बनेका छन् । बागमती प्रदेशमा सिटौला पक्षबाट प्रधानले उमेदवारी दर्ता गरेपछि देउवा–सिटौला पक्षमा भाँडभैलो हुने देखिएको हो । यसको असर प्रदेश १ र बागमती प्रदेश दुवैमा पर्ने देखिएको छ । इन्द्र बाँनियालाई प्रदेश सभापतिको उमेदवार सिटौला पक्षले अस्वीकार गरेपछि सहमहामन्त्री डा. प्रकाशशरण महत निकट नेताहरु असन्तुष्ट बनेका छन् । अर्को तर्फ भीमसेन दास प्रधान निकट नेताहरुले पनि बाँनियालाई भन्दा केसीलाई सहयोग गर्ने सम्भावना बढेको छ । १३ औं महाधिवेशन अगाडिसम्म प्रधान र केसी एउटै समूहमा थिए । अझ प्रधान र केसी दुवै अत्यन्तै मिल्ने सभापति समेत हुन् । गणतन्त्रको मुद्दामा केसी र प्रधान २०६२-६३ सालको आन्दोलनको समयमा सँगै थिए ।

गण्डकी प्रदेशमा देउवा पक्षले सबैभन्दा पहिलो सभापतिको उमेदवार घोषणा गरेको थियो । तर गण्डकीमा समेत देउवा समूहमा असन्तुष्टी छाएको छ । गण्डकी प्रदेशमा देउवा समूहमा रहेका पुराना नेताहरुलाई छोडेर १३ औं महाधिवेशनमा देउवा पक्षमा प्रवेश गरेका अर्जुन जोशीलाई उमेदवार बनाएपछि गोपालमान श्रेष्ठदेखि कास्कीका सभापति किरोशदत्त बराल, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बरालहरु समेत असन्तुष्ट रहेका छन् । गण्डकी प्रदेशमा बलियो रहेको पौडेल पक्षले सबैका सर्वमान्य पुराना नेता शुक्रराज शर्मालाई उमेदवार बनाएपछि थप सशक्त बनेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा पनि गृहमन्त्री बालकृष्ण खाण र भरत शाहको विवादका कारण अमरसिंह पुन बलियो देखिएका छन् । खाण र शाहबीचको लफडाको असर जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनमा समेत देखिएको थियो । शाह शक्तिशाली हुँदा खाण कमजोर बन्ने भएकाले खाणको रणनीति कुनैपनि हालतमा शाहलाई हराउनु छ । अर्को तर्फ खाण लुम्बिनी प्रदेशमा कमजोर बनेका छन् । रुपन्देही र बर्दियामा मात्रै देउवा पक्षका सभापतिमा जीत हात पारेको छ । धेरै निर्वाचन क्षेत्र भएको दाङ, कपिलबस्तुमा पौडेल पक्षको प्रभाव बलियो देखिएको छ । त्यस्तै दुई निर्वाचन क्षेत्र भएको पाल्पा, गुल्मी, पश्चिम नवलपरासीमा पनि पौडेल पक्ष बलियो छ । एक निर्वाचन क्षेत्र भएका अर्धाखाँची, रोल्पा, रुकुमपूर्व र प्यूठानमा समेत पौडेल पक्ष बलियो भएकाले पुनको जीत निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ प्रकाशमान सिंहले पछिल्लो ३ निर्वाचन जितेको क्षेत्र हो । विगतमा कृष्णप्रसाद भट्टराईदेखि लोकेश ढकाल

काठमाडौं । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली पद हो– महामन्त्री । संगठन परिचालन गर्नेदेखि कार्यलय सञ्चालनसम्मको जिम्मेवारी महामन्त्रीको हो । गगन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार