दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको चौथो अधिवेशन

२४ आश्विन २०६९, बुधबार ०३:३६ मा प्रकाशित

सुमल गुरुङ, लण्डन । प्लमस्टिड, लण्डन स्थित चौतारी रेस्टुरेन्टमा गत शनिवार, ०६ अक्टुबरको दिन अपरान्ह साढे एकबजेदेखि बेलुकि सात बजेसम्म दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको चौथो अधिवेशन सफलताको साथ सम्पन्न भएको छ । समितिका अध्यक्ष क्या.रि. नारायन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबास गर्ने तमूहरु, कार्यकरी समितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा सदस्यहरुको गतिलो भेला थियो । यस अधिवेशनलाई दुई सत्रमा सञ्चालन गरेको थियो । प्रथम चरणको सत्रमा समितिका महासचिव डमर गुरुङले भेलाको औचित्यबारे प्रकाश पार्दै सुरक्षासम्बन्धी मन्तव्य राखेका थिए । चौथो अधिवेशनलाई स्वागत गर्ने उद्धेश्यले समितिका उपाध्यक्ष हिरा प्रसाद गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए । समितिका सचिव, डमर गुरुङले आफ्नो हालसम्मको समितिका क्रियाकलापबारे प्रतिवेदन संक्षिप्तरुपले पेश गर्दै समितिका अध्यक्षले विस्तृत जानकारी गराइने कुरा अधिवेशनको भेलालाई भनेका थिए । उनको संक्षिप्त प्रतिवेदनलाई हलले अनुमोदन गरे पश्चात समितिका कोषाध्यक्ष चन्द्र जङ्ग गुरुङले समितिको हालसम्मको बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनपश्चात् समितिका हाउजिङ कोअर्डिनेटर श्रीचन्द्र गुरुङले हालसम्मको सामुदायिक भवनको बजेट तथा विगतका कार्यक्रमहरुबारे आफ्नो विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनलाई छोटो छलफलपछि अधिवेशनले अनुमोदन गरेको थियो ।
समितिले हालसम्म गरेको कार्यक्रमहरु तथा समितिको विधानबारे समितिका अध्यक्ष क्या.रि. नारायन बहादुर गुरुङले पेश गरेका थिए । सोही अवसरमा हलबाट सदस्य केश बहादुर गुरुङ, पुरनधोज गुरुङ तथा सल्लाहाकारहरु चन्द्रमान गुरुङ एवं सुमल कुमार गुरुङले आ—आफ्नो कुराहरु प्रतिवेदनहरु उपर राखेका थिए । अधिवेशनलाई सो कुराहरुको जिज्ञासा कोषाध्यक्ष तथा समितिका अध्यक्षले प्रष्ट पारेका थिए जसलाई हलले समर्थन गरी अनुमोदन गरेका थिए । प्रतिवेदनहरुको प्रस्तुतिपछि समाजका अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरेर तेश्रो कार्यकारी समिति विघटन गरेका थिए तथा अध्यक्ष मण्डललाई बन्दसत्रको कार्यक्रम सञ्चालन गर्न आमण्त्रित गरेका थिए । अध्यक्ष मण्डलका सदस्यहरु सुमल कुमार गुरुङ, मोहन गुरुङ तथा हरि गुरुङले नयाँ कार्यकारी समिति चयन गर्नको लागि दोश्रो चरणको सत्र सञ्चालन गरेका थिए । आधा घण्टाको अन्तरालमा जलपान कार्यक्रमपछि अध्यक्ष मण्डलले नयाँ समितिका गठनकालागि प्रक्रिया शुरु गरेको थियो । अध्यक्ष मण्डलले नयाँ समिति चयनका लागि पालन गर्नु आचार संहिता तथा विधिवत प्रक्रियाबारे सबैलाई जानकारी गराउँदै पदाधिकारीहरु तथा सदस्यहरु चयन गरेर नया कार्यकारी समिति गठन गरेको थियो ।
दक्षिणपूर्व क्षेत्रीय तमुधिंको नयाँ कार्यकारी समितिमा अध्यक्ष क्या.रि. नारायन बहादुर गुरुङ, उपाध्यक्षद्वय कमला गुरुङ र हिराप्रसाद गुरुङ, महासचिव सुमन गुरुङ, सहकोषाध्यक्ष जुन गुरुङ, सदस्यहरुमा क्रमशः यमबहादुर गुरुङ, सुशील गुरुङ, ओमप्रसाद गुरुङ, लक्ष्मी गुरुङ, चन्द्रकला गुरुङ तथा चयन गर्न बाँकी रहेका कोषाध्यक्ष, सहसचिव तथा एकजना सदस्यका लागि नयाँ गठन गरिएको कार्यकरी समितिले पछि चयन गर्ने गरी चुनाव प्रक्रिया सम्पन्न गरेको थियो । चयन गरिएका नयाँ चौथो कार्यकारी समितिलाई अध्यक्ष मण्डलका संयोजक सुमल कुमार गुरुङले शपथ ग्रहण गराएका थिए तथा मोहन गुरुङले खादाद्वारा स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।