मेरो प्रिय लेखक ! -बबी राइट्स

७ चैत्र २०६८, मंगलवार १९:३६ मा प्रकाशित

सुन्दर नीलो मसीका गोलो गोलो अक्षरहरु,
सम्हाल्दा सम्हाल्दै खुइलिएका पान्डुलिपी,
एक अर्कासँग बिछोडिएका पानाहरु,सञ्चै
छन कि बिरामी?
मेरो प्रिय लेखक!
आजभोलि तिमीभित्रको कथाहरु किन रुदैनन?
चिथोरिएका भित्ताहरुमा
अमुर्त जिस्किरहेका चित्रहरु!
सतह नमिलेको भुइ,
कच्याक कुचुक सपना,
समको चिसो चुल्हो,
आकाशको असिमित परिधीबाट,
सन्तेलाई कुरीबसेकी “गौरी”!
मेरो प्रिय लेखक!
आजभोलि तिमीलाइ पात्रहरुले किन छुदैन?
सेतो कागजको पानामा,
कोरिएको मन्दिरभित्रको पागल!
पागलको प्रेममा पगली!
बियोगान्त अन्त्य!
रातमा बिलाएको आँसु!
मेरो प्रिय लेखक!
तिम्रो कथाको बियोगहरुमा,
म अझै खोजीरहेको छु,
अर्को नयाँ कथा,
तिम्रो लेखाइको गहिराइमा,
डुबेर मलाई फेरी एक चोटि रुन मन छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि