मधेश केन्द्रित राजनीतिक दलहरु एकीकरण र ध्रुविकरण तर्फ

२४ आश्विन २०६९, बुधबार ०३:३१ मा प्रकाशित

काठमाडौँ, २४ असोज । निर्बाचनको सम्भावना बढ्दै गए पछी मधेश केन्द्रित राजनीतिक दलहरु एक पछी अर्को गर्दै माओबादी इतर र माओबादी निकट ध्रुविकरण सुरु भएको छ । यसै क्रममा तराई मधेस लोकतान्त्रिक पार्टि र मधेशी जनअधिकार फोरम, नेपालबीच एकिकरण प्रक्रिया सुरु भएको हो । दुवै पार्टिका प्रभावशाली नेताहरु निर्बाचन अघिनै पार्टी एकिकरण गर्ने उद्देश्यले आन्तरिक छलफलमा समेत जुटेका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको जानकारी अनुसार तराई मधेस लोकतान्त्रिक पार्टि र मधेशी जनअधिकार फोरम बीच पार्टी एकिकरण बिषयमा छल फल भै रहेको छ र छिट्टै दुई पार्टी एकीकरण निकट पुगी सकेका छन् । यादवले भने, ‘पार्टि फुटनु धेरै सजिलो छ तर मिल्नु कठिन भए पनि एकिकरण प्रक्रिया सकारात्मक दिशामा अघि बढी रहेको छ । उता तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले भने दुई दल एकीकरणको बिषयमा छलफल सुरु भए पनि एकीकरण हुने अवस्था सम्म बहने पुगिनसकेको बताउछन । तमलोपाको तर्फबाट एकीकरण प्रक्रियाका लागि शुक्लाको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली निर्माण गरि छलफल सुरु गरेको र अन्य मधेशी दलसंग एकीकरणको लागि उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको छ । त्रिपाठीले दिएको जानकारी अनुसार थुप्रै मधेसवादी दलसंग अनौपचारिक वार्ता भै सकेको छ । प्रबक्ता शुक्लाका अनुसार दशैअघि तमलोपा र फोरम नेपालका अध्यक्ष र दुवै पार्टीका वार्ता टोलीबीच संयुक्त र फरकफरक वार्ता हुनेछ । श्रोतका अनुसार मधेशी दलहरु निर्बाचनका लागि मात्रै भए पनि एकीकरण गरेर चुनाबमा फर्किने सहज बाटो बनाउने र थप सम्भव भए मधेशमा एउटा शक्तिशाली मधेशी पार्टि निर्माण गरेर निर्बाचनमा जाने आन्तरिक कसरत गरि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार