प्रदेश सभापतिमा पौडेल पक्षबाट मैले जित्ने पक्का छ: सभापतीका उम्मेदवार केसी

१७ मंसिर २०७८, शुक्रबार १५:१३ मा प्रकाशित

जगदिश्वर नरसिंह केसी, प्रदेश सभापती पदका उम्मेदवारनेपाली कांग्रेस, बागमती प्रदेश

नेपाली काङ्ग्रेस नुवाकोटको तीनपटक सभापति भइसकेका जगदीश्वरनरसिंह केसी पर्सि १८ गते हुने प्रदेश अधिवेशनको सभापतिको उम्मेदवार हरेका छन् । नुवाकोट जिल्लामा केसी परिवारकै सभापतिका उम्मेदवार डा. केदारनरसिंह केसी पराजित भएका छन् । यसअघि उनै जगदीश्वरनरसिंह केसी सभापति रहेका थिए । उनै केसीसँग गरेको कुराकानीको सारसङ्क्षेप :

प्रदेश सभापतिको उम्मेदवारको तयारी के छ ?

जिल्लाको अधिवेशन सकिएको छ, मेरो तयारी प्रदेश सभापतिका लागि हो । मैले लामो समयदेखि प्रदेश सभापतिका लागि तयार गर्दै आएको हुँ । अहिले पनि १७ गते मनोनयन र १८ गते निर्वाचन हुँदै छ । प्रदेश अधिवेशन सभापतिकै लागि लबिङ गरिरहेको छु । आजसम्म हाम्रो समूहबाट सभापतिलगायत कार्यसमितिको टुङ्गो लगाएर त्यहीअनुसार अगाडि बढ्छौँ । म चारपटक जिल्ला सभापति भएँ । दुईचोटि सांसद भएँ । अहिले देखिएका साथीहरूभन्दा हरेक दृष्टिकोणले लामो समयदेखि सभापति नै भएर बसेको भएर सिनियर पनि हुँ ।

प्रदेशमा संस्थापनइतर समूह कत्तिको बलियो छ ?

हाम्रो समूह बलियो छ । हाम्रो समूहले एकजना उम्मेदबार भएर जाने निर्णय गरिसकेको छ । अर्को समुहमा २ उममेदवार छन्, मैले जित्ने पक्का छ । हाम्रो समूहले बागमती प्रदेशमा चुनाव जित्छ ।

प्रदेश सभाको टिकट किन दिने जिल्लामा नै तपाईंहरूको पक्षले सभापति हा¥यो, प्रतिनिधि कम जिताउन सफल हुनुभयो नि ?

महाधिवेशन प्रतिनिधिहरूले नुवाकोटको नाताले सदस्य को आए, कसरी आए, कुन हिसाबले आए, आफ्नो ठाउँमा छ । म उम्मेदवार हुँदा मलाई मतदान गर्छन् । मैले उहाँहरूलाई कति ट्रयाकमा राखुँला, राख्न सकुँला । म हुँदा अन्य समूहबाट जितेका प्रतिनिधिहरूले सहयोग, सद्भाव जिल्लावासीको कारणले पूर्ण सहयोग हुनेमा विश्वस्त छु ।

जिल्लामा एउटा प्रस्ट गुट थियो, एउटा संस्थापन समूहको भोट तपाईंका उम्मेदवारले ल्याउन सक्नुभएन नि, कारण के हो ?

हेर्नुहोस्, अहिले अधिवेशनलाई वडादेखि जिल्लासम्म हेर्दा मभन्दा जानकार तपाईंहरू नै हुनुहोला जस्तो लाग्छ । मैले यस्तो अधिवेशन देखेको पनि थिइनँ । म पनि चारचोटि सभापति भएँ । अन्तिमपटक सबैभन्दा बढी खर्च गरेँ, जुन पाँच लाखजति खर्च भएको थियो । योभन्दा अगाडि सभापति लड्दा पैसा नै खर्च भएन । तर, अहिलेको चुनावमा परिस्थिति यस्तो बन्यो, एक भोटलाई एक लाख चेक काटेर दिए । जुन मतदाता किन्ने काम भयो । त्यसको सबुत प्रमाण आफ्नै पार्टीको कार्यकर्ताको तारकेश्वर गाउँपालिका समितिका सभापति केशव अर्याललाई राति १० लाखको चेक पुग्यो भोट किन्न । नुवाकोटका सबै एकातिर हुनुभयो, हामी एक्लै हुँदा पनि आधा शक्ति हामी छौँ । हारजितभन्दा पनि नुवाकोटमा हामीलाई त्यति सजिलै बाइपास गरेर अगाडि बढ्न नसक्ने अवस्था छ ।

नुवाकोमा केन्द्रको गुटभन्दा पनि केसी परिवार भर्सेस अरू देखियो, होइन ?

यसमा त्यही देखियो, केन्द्रको हिसाबले रामशरण दाइ र हामी सँगै छौँ, तर जिल्लामा अर्कै समूहसँग मिल्नुभयो । नुवाकोटमा हामीलाई सत्ता, शक्ति, पैसा जिल्लाको सब एक हुँदाखेरि हामी जुन ६ भोटले जिल्ला सभापतिमा पराजित भयौँ । त्यसलाई हारको रूपमा होइन, नुवाकोटका साथीहरूले हामीलाई कति माया गरेछन् । त्यो शक्तिका बाबजुद यत्रो मत ल्यायौँ । त्यसकारण मैले यसलाई प्राविधिक कारणले सभापति भएन, तैपनि बलियो छौँ भन्ने कुरामा मेरो सोचाइ त्यही छ ।

जिल्लाको चुनावको असर प्रदेश र केन्द्रमा पनि पर्छ ?

कमजोर बनाउनेहरू केन्द्रमा एउटै टिममा छौँ । जिल्लामा अर्को टिमसँग मिल्नुभयो । त्यसले मत लुज गरेको छ । अब केन्द्रमा जाँदा सहकार्य गरेर अगाडि बढेर सहयोग गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा छन् । विश्वका

हरिविनाेद अधिकारी नेपाली कांग्रेसको महाधिवेशनले अझै पूर्णता पाएको छैन किनभने सभापतिद्वारा मनोनयन गर्ने ३३ वटा सदस्यहरुमध्ये १३जनामात्र मनोनयन गरिएको छ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना

काठमाडौँ । नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका  नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले