नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको भब्य परेड सम्पन्न

२४ आश्विन २०६९, बुधबार ०३:०८ मा प्रकाशित

केपी खतिवडा, कनेक्टिकट । नेप्लिज एसोसिएसन अफ कनेक्टिकटले हालै कनेक्टिकटको वेस्ट हार्टफोर्डमा भव्य परेड सम्पन्न गरेको छ । हरेक वर्ष आयोजना गरिदै आएको पार्क रोड परेडको आयोजना वेस्ट हार्टफोर्ड टाउन हाल र पार्क रोड एसोसिएसनले संयुक्त रुपमा आयोजना गर्ने गरेको छ ।

५० भन्दा बढी संघ संस्थाहरुले भागलिएको सो कार्यक्रममा आ-आफ्ना संस्कृति झल्काउने विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । उक्त परेड कार्यक्रममा नेपाली भेष भूषा लगाएका बालबालिका र पुरुष गरि १०० जना भन्दा बढी नेपालीहरुको सहभागिता थियो ।

उक्त परेडमा नेपाली र अमेरिकी झन्डाका साथै नेपाली संस्कृति झल्कने मादल, बाँसुरी र झ्यालीको धुनले हजारौं दर्सकहरुलाई मनोरञ्जन दिनुका साथै उनीहरुले भब्य तालीले स्वागत गरेका थिए ।
लक्ष्मी बजगाईंको संयोजकत्वमा भएको उक्त परेड कार्यक्रमलाई सफल बनाउन संथाका अध्यक्ष्य सन्तोष लम्सालका साथै सदस्यहरु रेखा गौतम, रोमी योन्जन, कृष्ण अवस्थी रहेको एक उप समितिले महत्वपुर्ण भूमिका खेलेको थियो । यसै गरि जय राई, जेनिथ राई र रोमी योन्जनले मादल, बाँसुरी र झ्याली बजाएर परेड सफल बनाउन सहयोग गर्नु भएको थियो ।

उक्त परेडमा विभिन्न संघ संथाहरुले आ-आफ्नो पहिचान झल्काउने खालका झाँकीहरु प्रस्तुत गरेका थिए । नेप्लिज एसोसिएसन अफ कनेक्टिकटले यसरि आयोजना गरिने परेडमा भाग लिएको यो तेश्रो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस